KATHMANDU DAINIK

एमबाप्पेको पेनाल्टी गोलमा रियल मड्रिडको विजयी

रियल मड्रिड खबर, एमबाप्पे गोल, लालिगा २०२५/२६, स्पेनिस लालिगा, रियल बनाम ओसासुना, रियल मड्रिडको जित, केलियन एमबाप्पे पेनाल्टी, जाबी अलोन्सो प्रशिक्षक, रियल मड्रिड अपराजित यात्रा, रियल मड्रिड पहिलो खेल, स्पोर्ट्स न्यूज नेपाल

भदौ ४, २०८२।

काठमाडौं – स्पेनिस लालिगा २०२५/२६ को नयाँ सिजनमा रियल मड्रिडले सफल सुरुवात गरेको छ। मंगलबार राति घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले ओसासुनालाई १–० ले पराजित गर्दै तीन महत्वपूर्ण अंक जोडेको छ।

रियल मड्रिडको जितमा फ्रेन्च स्ट्राइकर केलियन एमबाप्पे नायक बने। उनले खेलको ५१औं मिनेटमा पेनाल्टीमार्फत निर्णायक गोल गरे। ओसासुनाका जुवान क्रुजले एमबाप्पेलाई डिबक्स भित्र फल गरेपछि प्राप्त पेनाल्टीमा एमबाप्पेले कुनै गल्ती नगरी अवसरको उपयोग गरेका थिए ।

यो जितसँगै रियल मड्रिडले लालिगामा लगातार १७ सिजनको पहिलो खेलमा अपराजित रहने कीर्तिमानलाई निरन्तरता दिएको छ। नयाँ प्रशिक्षक जाबी अलोन्सोको नेतृत्वमा पहिलोपटक लिग खेलिरहेको रियलले उत्कृष्ट सुरुवात गरेको हो।

खेलको अन्तिम समयमा ओसासुनाका मिडफिल्डर अभेल ब्रेटोन्सले रातो कार्ड पाउँदै मैदान छाड्नुपरेको थियो।

Exit mobile version