एमबाप्पेको पेनाल्टी गोलमा रियल मड्रिडको विजयी

रियल मड्रिड खबर, एमबाप्पे गोल, लालिगा २०२५/२६, स्पेनिस लालिगा, रियल बनाम ओसासुना, रियल मड्रिडको जित, केलियन एमबाप्पे पेनाल्टी, जाबी अलोन्सो प्रशिक्षक, रियल मड्रिड अपराजित यात्रा, रियल मड्रिड पहिलो खेल, स्पोर्ट्स न्यूज नेपाल

भदौ ४, २०८२।

काठमाडौं – स्पेनिस लालिगा २०२५/२६ को नयाँ सिजनमा रियल मड्रिडले सफल सुरुवात गरेको छ। मंगलबार राति घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले ओसासुनालाई १–० ले पराजित गर्दै तीन महत्वपूर्ण अंक जोडेको छ।

रियल मड्रिडको जितमा फ्रेन्च स्ट्राइकर केलियन एमबाप्पे नायक बने। उनले खेलको ५१औं मिनेटमा पेनाल्टीमार्फत निर्णायक गोल गरे। ओसासुनाका जुवान क्रुजले एमबाप्पेलाई डिबक्स भित्र फल गरेपछि प्राप्त पेनाल्टीमा एमबाप्पेले कुनै गल्ती नगरी अवसरको उपयोग गरेका थिए ।

यो जितसँगै रियल मड्रिडले लालिगामा लगातार १७ सिजनको पहिलो खेलमा अपराजित रहने कीर्तिमानलाई निरन्तरता दिएको छ। नयाँ प्रशिक्षक जाबी अलोन्सोको नेतृत्वमा पहिलोपटक लिग खेलिरहेको रियलले उत्कृष्ट सुरुवात गरेको हो।

खेलको अन्तिम समयमा ओसासुनाका मिडफिल्डर अभेल ब्रेटोन्सले रातो कार्ड पाउँदै मैदान छाड्नुपरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर ९, २०८२।    काठमाडौँ दैनिक संवाददाता

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

काठमाडौ – प्रधानमन्त्री सुशीला कार्कीले श्रीलंकामा सम्पन्न पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेर फर्किएको नेपाली टोलीलाई सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्मानपूर्वक भेट गरेकी छन्।

प्रधानमन्त्रीले खेलाडी र अफिसियललाई बधाई दिँदै यो उपलब्धि नेपाली खेलकुद इतिहासकै गर्वको विषय भएको बताइन्। कार्कीले भनिन्, यो तपाईंहरूको कडा परिश्रम, सामूहिक भावना र दृढ संकल्पको परिणाम हो। तपाईंहरू सबै यस उपलब्धिको हकदार हुनुहुन्छ। अर्को संस्करणमा च्याम्पियन बन्ने लक्ष्यसहित अगाडि बढ्नुहोस्।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रधानमन्त्री कार्कीले सरकारबाट आवश्यक सहयोग र लगानीका विषयमा सम्बद्ध मन्त्रालय तथा निकायसँग छलफल गर्ने आश्वासन समेत दिइन्। कार्कीले पहल र प्रतिभाको प्रदर्शन सराहनीय रहेको उल्लेख गर्दै सरकारी सहयोग बढेमा टोलीले अझ उत्कृष्ट सफलता हासिल गर्ने विश्वास व्यक्त गरिन्।

प्रशिक्षक पुरनसिंह खत्री र कप्तान गीता पौडेलको नेतृत्वमा रहेको नेपाली टोलीले प्रतिस्पर्धी सम्पन्न राष्ट्रका टोलीलाई हराउँदै उपाधि नजिक पुग्न सफल भएको प्रशिक्षकको भनाइ छ। उनका अनुसार सरकारी समर्थन पाउँदा भविष्यमा नेपालले च्याम्पियन बन्न सक्नेछ।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रतियोगिता सम्पन्न भएपछि टोली सोमबारै स्वदेश फर्किएको हो।