KATHMANDU DAINIK

एभरेस्ट भलिबल लिग स्थगित : विदेशी खेलाडी स्वदेश फर्किंदै, पोखरामा आन्दोलनको असर

एभरेस्ट भलिबल लिग, पोखरा भलिबल, विदेशी खेलाडी फर्किंदै, नेपाल खेलकुद समाचार, फ्रेन्चाइज भलिबल नेपाल, कर्णाली यश्विस, ललितपुर क्विन्स, पोखरा निन्जाज, काठमाडौं स्पाइकर्स, मधेश युनाइटेड, लुम्बिनी लाभाज, नेपाल भलिबल लिग स्थगित, जेन-जी आन्दोलन

भदौ २७, २०८२।

कास्की, पोखरा – पोखरामा सुरु भएको महिला फ्रेन्चाइज एभरेस्ट भलिबल लिग राजनीतिक घटनाक्रमका कारण अनिश्चितकालका लागि स्थगित भएको छ। जेन–जी आन्दोलनको क्रममा प्रदर्शनकारीले खेलाडी बसेको होटलमा आगजनी गरेपछि विदेशी खेलाडीमा मनोवैज्ञानिक त्रास फैलिएको हो।

लिग आयोजक इन्फिनिटी ड्रिम्स की सीईओ स्नेभी चापागाईंका अनुसार सबै विदेशी खेलाडी सुरक्षित छन् र उनीहरूलाई काठमाडौं ल्याएर स्वदेश फर्काउने तयारी भइरहेको छ।

भदौ २० मा सुरु लिगमा ६ फ्रेन्चाइज टिम सहभागी थिए, जसमा १८ जना विदेशी खेलाडी क्रोएसिया, ग्रिस, थाइल्यान्ड, नेदरल्यान्ड्स, रसिया, रोमानिया, अमेरिका, ब्राजिल, बुल्गेरिया र किर्गिस्तानबाट आएका थिए।

पहिलो चरणमा ९ खेल सम्पन्न भइसकेको लिग मंगलबारदेखि स्थगित भएको हो। यसअघि कर्णाली यश्विस र ललितपुर क्विन्स शीर्षस्थानमा उभिएका थिए र फाइनल खेल लगभग निश्चित भएको अनुमान गरिएको थियो।

ललितपुर क्विन्सका अध्यक्ष रमेश पराजुलीले आफ्नो टिमका विदेशी खेलाडीलाई पूर्ण सुरक्षा दिने प्रतिबद्धता जनाउँदै यो राजनीतिक घटनाक्रमका कारण भएको हो, खेलाडीलाई कुनै क्षति हुँदैन भने। उनका अनुसार नयाँ मिति तय भएपछि विदेशी खेलाडी फेरि नेपाल आउने बताएका छन्।

पोखरा रंगशालास्थित कभर्डहलमा भइरहेको लिगको बाँकी ७ खेल कहिले हुने भन्ने अनिश्चित छ। आयोजकले भने सुरक्षा सुनिश्चित भएपछि मात्र लिग पुनः सञ्चालन गर्ने जनाएका छन्।

Exit mobile version