KATHMANDU DAINIK

“होस्टेल ३” भारतका ५० भन्दा बढी हलमा प्रदर्शन हुँदै

होस्टेल ३, नेपाली फिल्म भारतमा, सिक्किम दार्जिलिङ हल, पारस बम होस्टेल ३, रिहान गिरी फिल्म, नेपाली सिनेमा २०२५, होस्टेल ३ कमाइ, सशान कँडेल निर्देशक, नेपाली फिल्म विदेशमा

भदौ १, २०८२।

काठमाडौं – सन् २०२५ को ब्लकबस्टर नेपाली फिल्म  “होस्टेल ३” अब भारतीय बजारमा पनि प्रवेश गर्ने भएको छ।
फिल्म भदौ २० गते (सेप्टेम्बर ५) देखि सिक्किम, दार्जिलिङ, सिलिगुढी, सिन्ताम, गुवाहटी, आसाम, मणिपुर लगायत ५० भन्दा बढी हलहरूमा प्रदर्शन हुने पक्का भएको छ।

नेपालमा ४ करोड रुपैयाँभन्दा बढी ग्रस कमाइ गरिसकेको यो फिल्म अब भारतका नेपाली भाषी दर्शकलाई लक्षित गरी प्रदर्शन गरिंदैछ।

भारतमा यसको वितरण अधिकार गोर्खा फिल्म प्रोडक्सन र सुपर सिनेमाले लिएका छन्।
फिल्ममा पारस बम, सिम्रन पन्त, र ‘भ्वाइस अफ नेपाल’ फेम रिहान गिरीको प्रमुख भूमिका छ।
फिल्मको निर्देशन सशान कँडेल सन्तोषले गरेका हुन्।

नेपालमै हिट भएको यो फिल्मको कन्टेन्ट, युवा लक्षित कथावस्तु, हास्यरस र सामाजिक यथार्थलाई समीक्षकहरूले सराहना गरेका छन्।

Exit mobile version