KATHMANDU DAINIK

फूलपातीमा ‘हरिबहादुरको जुत्ता’, पोस्टर सार्वजनिक

हरिबहादुरको जुत्ता, हरिवंश आचार्य फिल्म, नेपाली फिल्म २०८२, फूलपाती रिलिज, सितारा फिल्म, नेपाली मनोरञ्जन, स्वस्तिमा खड्का, प्रकाश सपुत
हरिवंश आचार्य

साउन १९, २०८२।

काठमाडौं – नेपाली हास्य अभिनेता हरिवंश आचार्यको लोकप्रिय पात्र ‘हरिबहादुर’ फेरि ठुलो पर्दामा देखिने भएका छन्। उनको मुख्य भूमिका रहेको नयाँ फिल्म ‘हरिबहादुरको जुत्ता’ को पोस्टर सार्वजनिक गर्दै निर्माण पक्षले असोज १३ गतेको फूलपातीलाई लक्षित गर्दै प्रदर्शन मिति तय गरेको हो।

सार्वजनिक पोस्टरमा हरिबहादुर पात्र हातमा ट्याङ्का बोकेर उभिएका छन्। उनको पछाडि झोलामा एक जोर जुत्ता झुन्डिएको दृश्यले फिल्मको शीर्षकसँग सान्दर्भिकता दर्शाउँछ।

फिल्ममा हरिवंश आचार्यसँगै स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, र कमलमणि नेपालको समेत अभिनय रहनेछ।

दिपेन्द्र के खनालको निर्देशनमा तयार भएको यस फिल्मलाई एसएम मोसन पिक्चर्सको ब्यानरमा सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेका हुन्। फिल्मका छायाँकार कृष्णबहादुर थापा, सम्पादक नकुल खड्का हुन् भने संगीतमा वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुतको योगदान रहेको छ।

फिल्मको नाम, पोस्टर र कलाकारहरूको संयोजनले दर्शकमा कौतुहलता थपेको छ। हरिबहादुरको ब्रान्डमा आधारित फिल्मले दशैंको रमाइलो माहोलमा पारिवारिक मनोरञ्जन दिने अपेक्षा गरिएको छ।

Exit mobile version