KATHMANDU DAINIK

दयाहाङ राई र संस्कृतिलाई लिएर नयाँ नेपाली फिल्म ‘बुकी फूल’ निर्माण हुँदै

बुकी फूल फिल्म, दयाहाङ राई नयाँ फिल्म, नेपाली सांस्कृतिक फिल्म, सिक्लेस संस्कृति, नेपाली फिल्म २०८२, नेपाली फिल्म पोखरा छायांकन, संस्कृति गुरुङ, अभियान फिल्मस् प्रोडक्सन, नेपाली लोक संस्कृति फिल्म, कास्की फिल्म छायांकन, नेपाली चलचित्र २०८३, दयाहाङ राई फिल्म प्रोजेक्ट, गुरुङ फिल्म एसोसिएसन नेपाल, नेपाली लोक परम्परा

साउन २४, २०८२।

लमजुङ – चर्चित अभिनेता दयाहाङ राईलाई लिएर अभियान फिल्मस् प्रोडक्सन प्रालिले नयाँ नेपाली फिल्म ‘बुकी फूल’ निर्माण गर्ने भएको छ। फिल्मको छायांकन भदौदेखि पोखरामा सुरु हुने जानकारी प्रोडक्सन म्यानेजर डीबी गुरुङले दिएका छन्।

‘बुकी फूल’ लेकाली क्षेत्रमा पाइने एउटा सुगन्धित फूलको नाम हो र यस फिल्मले सिक्लेस क्षेत्रको सांस्कृतिक र परम्परागत जीवनलाई चित्रण गर्ने लक्ष्य राखेको छ। यसमा दयाहाङ राईसँगै नयाँ मोडल तथा सहनिर्देशक संस्कृतिका रूपमा परिचित संस्कृति गुरुङले अभिनय गर्नेछिन्। यो संस्कृतिको डेब्यु फिल्म पनि हो।

फिल्मको कथा अभियान फिल्मस्‌का निर्देशक र गण्डकी प्रदेशसभा सदस्य बेदबहादुर गुरुङ (श्याम) ले लेखेका हुन् भने निर्देशन ओमप्रकाश गुरुङले गर्नेछन्। फिल्ममा राजेश गुरुङ, प्रकाश घिमिरे, प्रेम पुन, लालशोभा गुरुङ र पुष्कर गुरुङ लगायत कलाकारहरूलाई समेत अनुबन्ध गरिएको छ।

फिल्मको छायांकन कास्की जिल्लाको पर्यटकीय गाउँ सिक्लेस र कोरी क्षेत्रमा हुने बताइएको छ। निर्माण पक्षले फिल्ममा सिक्लेस क्षेत्रको ऐतिहासिक धार्मिक तथा सांस्कृतिक विधिहरू, जस्तै मौदु क्यू फुइ स्नान, छेलो फाल्ने प्रतियोगिता र दूधपोखरीमा नुहाउने परम्परा समेटिने जनाएको छ।

फिल्म माघसम्म छायांकन गरेर २०८३ साल वैशाखमा प्रदर्शनमा आउने लक्ष्य राखिएको छ।
हामीले आफ्नो गाउँठाउँको कथा, संस्कृति र प्रकृतिलाई फिल्ममार्फत चिनाउन खोजेका छौं’, लेखक गुरुङले भने।

यो फिल्मले नेपाली सांस्कृतिक विविधता र पहाडी समुदायको पहिचानलाई थप उजागर गर्ने अपेक्षा गरिएको छ।

Exit mobile version