KATHMANDU DAINIK

पशुपतिको महायज्ञमा ‘माग्ने बुढा’ को सहयोग

 माग्ने बुढा, माग्ने राजा, केदार घिमिरे, पशुपति महायज्ञ, नेपाली फिल्म, सामाजिक सेवा, दीपाश्री निरौला, वर्षा सिवाकोटी, नेपाली कलाकार सहयोग, मानवसेवा फाउन्डेसन, नेपाली सिनेमा प्रचार, Magne Budha, Magne Raja film promoti

साउन २०, २०८२।

काठमाडौं – लोकप्रिय हास्य कलाकार तथा अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’ले सोमबार पशुपति क्षेत्रमा आयोजित महायज्ञमा सहभागी हुँदै आफ्नो आगामी चलचित्र ‘माग्ने राजा’ प्रवर्द्धन गरेका छन्। उनले कार्यक्रममा २५ हजार १ रुपैयाँ आर्थिक सहयोग पनि प्रदान गरेका छन्।

महायज्ञको आयोजना मानवसेवा फाउन्डेसनले भक्तपुर र ललितपुरमा निर्माण गर्न लागिएको मामाघर आश्रमका लागि गरेको हो। समाजसेवामा योगदान दिने उद्देश्यले आयोजित उक्त धार्मिक कार्यक्रममा कलाकार घिमिरेसँगै अभिनेत्री वर्षा सिवाकोटी, निर्देशक ऋषि लामिछाने र लेखक सामिप्य तिमल्सिनाको पनि उपस्थिति रहेको थियो।

यसअघि शनिबार अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले पनि त्यही महायज्ञमा ५१ हजार रुपैयाँ सहयोग गरेकी थिइन्। पछिल्लो समय चर्चामा रहेको ‘माग्ने राजा’ फिल्मको प्रचारप्रसारलाई सामाजिक सेवासँग जोड्दै कलाकारहरूको उपस्थिति देखिन थालेको छ।

केदार घिमिरेले यसअघि अस्पतालमा पुगेर पनि सहयोग गरेका थिए भने गीतहरू मार्फत समाजका विविध पात्र र परिवेशलाई चित्रण गर्दै आएका छन्। उनका अनुसार ‘माग्ने राजा’ चलचित्रले नेपाली समाजका यथार्थ र भावनालाई व्यङ्ग्यात्मक ढंगमा प्रस्तुत गर्नेछ।

महायज्ञको उद्देश्य समाजमा सेवाको भावना जागृत गर्नु हो भने कलाकारहरूको सहभागिताले यस्ता कार्यलाई अझ प्रभावकारी बनाएको आयोजकले जनाएका छन्।

Exit mobile version