KATHMANDU DAINIK

“कबड्डी ५” को छायांकन मुस्ताङमा: दयाहाङ र मिरुनाको निरन्तरता

कबड्डी ५, कबड्डी फिल्म श्रृंखला, दयाहाङ राई, मिरुना मगर, रामबाबु गुरुङ, नेपाली फिल्म, मुस्ताङ छायांकन, जारी फिल्म, दशैंपछिको नेपाली फिल्म
दयाहाङ राई र मिरुना मगर

साउन २०, २०८२।

काठमाडौं – नेपाली फिल्म क्षेत्रको सबैभन्दा लोकप्रिय फ्रेन्चाइजमध्ये एक ‘कबड्डी’ को पाँचौं श्रृंखला ‘कबड्डी ५’ को छायांकन आगामी दशैंको टिकापछि सुरु हुने भएको छ।

निर्माता तथा निर्देशक रामबाबु गुरुङका अनुसार अघिल्ला श्रृंखलाजस्तै दयाहाङ राई र मिरुना मगरले यसपटक पनि निरन्तरता पाउने छन्। तर केही कलाकार भने हेरफेर गरिने तयारी भइरहेको उनले बताए।

अभिनेता विजय बरालले टिकाको भोलिपल्टदेखि छायांकन स्थल मुस्ताङ जाने तयारी भइरहेको जानकारी दिएका छन्। हामी दशैं टिकाको भोलिपल्टै मुस्ताङतिर हिँड्नेछौं तिहारसम्म उतै ब्यस्त रहनेछौं बरालले भने।

कबड्डी ५

कबड्डी ५’ को छायांकन दशैं टीकाको भोलिपल्टदेखि सुरु
दयाहाङ राई, मिरुना मगर लगायत शीर्ष कलाकार यथावत्
केही नयाँ अनुहारहरू पनि समावेश हुने सम्भावना
छायांकन स्थल मुस्ताङ, तिहारसम्म शुटिङ चल्ने
निर्देशक रामबाबु गुरुङ पटकथामा व्यस्त
अघिल्ला फिल्महरूको बक्स अफिस सफलताले पाँचौं भागप्रति अपेक्षा उच्च

निर्देशक गुरुङले हाल फिल्मको पटकथा लेखनमा जुटिरहेको पनि बताए। ‘कबड्डी’ सिरिजका अघिल्ला चारै फिल्मले घरेलु बक्स अफिसमा शानदार सफलता हात पारिसकेका छन्। यसले ‘कबड्डी ५’ प्रति दर्शकको प्रतिक्षा थप बढाएको छ।

यही समूहबाट निर्माण भएको अर्को चर्चित फिल्म ‘जारी’को दोस्रो भाग पनि छायांकनपछि प्रदर्शनको तयारीमा छ। निर्माता टोलीका अनुसार उक्त फिल्म संविधान दिवस (असोज ३) मा रिलिज गरिने योजना छ।

Exit mobile version