KATHMANDU DAINIK

सिमरा विमानस्थलमा झडप: आठ उडान रद्द, सयौं यात्रु अलपत्र

मंसिर ३, २०८२।  काठमाडौँ दैनिक संवाददाता

काठमाडौ – सिमरा विमानस्थलमा बुधबार राजनीतिक समूहबीच झडप भएपछि काठमाडौं–सिमरा हवाई उडान ठप्प भएको छ। बुद्ध एयरले दुईतर्फी आठ उडान रद्द गर्नुपरेको छ भने सयौँ यात्रु काठमाडौंबाटै रोकिन बाध्य भए।

बिहान साढे १० बजे उडानका लागि तयार अवस्थामा रहेको एटीआर–७२ विमानका ६६ यात्रु सिटमा बसेर सिटबेल्ट बाँधिसकेका थिए। तर कैयौँ आन्दोलनकारी विमानस्थल परिसरभित्र प्रवेश गरी सुरक्षामा असर पुगेपछि एयर ट्राफिक कन्ट्रोलले ‘उडान रोक्नु’ आदेश दिएको थियो।

ककपिटभित्रै उडान रद्दको सूचना प्राप्त भएपछि चालकदलले दुवै इन्जिन बन्द गरी यात्रुलाई टर्मिनल हलतर्फ सारिएको थियो। धेरै यात्रुलाई उडान रोकिनुको यथार्थ कारण सुरुमा थाहा थिएन।

उता विमानस्थल प्रवेशद्वार नजिकै युवा संघ र जेन–जीबीच भएको वादविवाद बोतल हानाहान र कुटपिटमा परिणत भएपछि नागरिक उड्डयन कार्यालयले कानुनी अधिकार प्रयोग गर्दै विमानस्थल बन्द गर्ने निर्णय गरेको थियो। त्यसपछि प्रमुख जिल्ला अधिकारीले कर्फ्यु आदेश समेत जारी गरे।

सिमरा विमानस्थल, Simara Airport Clash, बुद्ध एयर उडान रद्द, Kathmandu Simara Flight Cancel, राजनीतिक झडप सिमरा, यात्रु अलपत्र, Nepal Domestic Flights, एयर ट्राफिक, विमानस्थल बन्द, नेपाल उड्डयन समाचार
प्रमुख जिल्ला अधिकारीले जारी गरिएको कर्फ्यु आदेश

बुद्ध एयरका निर्देशक रूपेश जोशीका अनुसार बुधबारका उडान रद्द हुँदा करिब ४० लाख रुपैयाँ बराबरको कारोबार गुमेको छ। अलपत्र यात्रुको व्यवस्थापनका लागि बिहीबार दुईवटा अतिरिक्त उडान थपिएको छ, उनले भने।

विमानस्थलमा सामान्यतया सईको नेतृत्वमा १५ प्रहरी परिचालन हुने गरे पनि घटनापछि थप १२ प्रहरी खटाइएका थिए। बेलुकीसम्म अवस्था सामान्य भएपछि बिहीबारदेखि नियमित उडान सञ्चालन हुने जनाइएको छ।

Exit mobile version