KATHMANDU DAINIK

श्रीलंकामा ४ स्वर्णसहित वादोरियो कराते टोली स्वदेश फर्कियो

वादोरियो कराते टोली, नेपाल कराते, अन्तर्राष्ट्रिय कराते प्रतियोगिता, श्रीलंका कराते, पासाङ ग्याल्जेन थोक्रा, निशान घले, उर्शला पहरी, अर्पणा मगर, आरोन शेरचन, कराते पदक

साउन २६, २०८२।

काठमाडौं – श्रीलंकाको रतनपुरामा सम्पन्न पाँचौँ खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपालको वादोरियो कराते टोलीले उत्कृष्ट प्रदर्शन गर्दै ४ स्वर्ण र १ रजत पदकसहित दोस्रो स्थान हासिल गरी स्वदेश फर्किएको छ।

अगस्ट ७ र ८ तारिखमा सम्पन्न उक्त प्रतियोगितामा नेपालका लागि पुरुष ८० केजीमुनि पासाङ ग्याल्जेन थोक्रा, ५२ केजीमुनि निशान घले, महिला ६१ केजीमुनि उर्शला पहरी र ५० केजीमुनि अर्पणा मगरले स्वर्ण पदक जितेका छन्। त्यस्तै, ४० केजीमुनि आरोन शेरचनले रजत पदक हात पारे।

टोलीको प्रमुख प्रशिक्षक नेपाल वादोरियो कराते डो संघका अध्यक्ष हरिशरण केसी र अफिसियलको रूपमा राजकुमार कार्की रहेका थिए।

अन्तर्राष्ट्रिय विमानस्थलमा संघका कोषाध्यक्ष पुरुषोत्तम पोखरेल, ललितपुर जिल्लाका प्रशिक्षक संघर्ष पहरी, सिनियर कराते प्रशिक्षक सुमन तिमिल्सिना लगायत अभिभावकहरूले टोलीलाई स्वागत गरेका थिए।

यस सफलताले नेपालको कराते क्षेत्रलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउने र आगामी प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शनको लागि प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।

Exit mobile version