साउन २६, २०८२।
काठमाडौं – दायाँ हाते स्पिनर शेर मल्ल एनपीएलको दोस्रो सिजनमा लुम्बिनी लायन्सको टिममा आबद्ध भएका छन्। क्याटागोरी ‘बी’ का मल्ललाई १० लाख रुपैयाँमा लुम्बिनीले आफ्नो टिममा भित्र्याएको हो।
जनकपुर बोल्ट्सबाट पहिलो सिजनको उपाधि जितेका मल्लका लागि यसपटक चितवन राइनोज, लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सले अधिकतम १० लाखसम्मको बोली लगाएका थिए। अन्ततः लक्की ड्र मार्फत उनले लुम्बिनीको जर्सी लगाउने अवसर पाए।

मल्लको समावेशीसँगै लुम्बिनी लायन्सको बलिङ विभाग थप सशक्त हुने अपेक्षा गरिएको छ। उनले अघिल्ला खेलहरूमा उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई महत्वपूर्ण सफलता दिलाएका छन्।