KATHMANDU DAINIK

बेलायती राजदूत रोबले बहिनीको हातबाट राखि लगाए

नेपाली जनैपूर्णिमा, बेलायती राजदूत रोब फेन, राखि पर्व, सांस्कृतिक सम्बन्ध, नेपाल बेलायत सम्बन्ध, नेपाली परम्परा, सांस्कृतिक कूटनीति, नेपाली धर्म संस्कृति, राखी रक्षाबन्धन, नेपाली हिन्दु पर्व

साउन २४, २०८२।

काठमाडौं – नेपालका लागि बेलायतका राजदूत रोब फेनले हिन्दु धर्मावलम्बीहरूले मनाउने महत्त्वपूर्ण पर्व जनैपूर्णिमा भव्य रूपमा मनाएका छन्। उनले आफ्नी बहिनीको हातबाट डोरो र राखि लगाएर यो पावन पर्वलाई मनाउनुका साथै नेपाली धर्म, संस्कृति र परम्पराप्रति आफ्नो गहिरो सम्मान व्यक्त गरेका छन्।

यो अवसरमा राजदूत फेनका दिदीबहिनी र सहकर्मीहरूले पनि हातमा डोरो बाँधेर जनैपूर्णिमा पर्वलाई साझा रुपमा उत्साहका साथ मनाएका थिए। डोरो बाँध्दै गर्दा राजदूत फेनले रक्षाबन्धन, जनैपूर्णिमा र राखी पर्वको सबैलाई शुभकामना दिएका थिए।

रोब फेनले नेपाली सांस्कृतिक र धार्मिक गतिविधिहरूमा विशेष रुचि राख्दै नेपाल र बेलायतबीचको सांस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाउने प्रयासमा सक्रिय रूपमा लागिरहेको बताएका छन्।

उनी सांस्कृतिक कूटनीतिको पक्षधर रहेको बताउँदै स्थानीय समुदायसँग नजिकबाट सम्पर्क गर्दै नेपाली परम्पराहरूलाई विश्वसामु चिनाउन योगदान पुर्‍याइरहेका छन्।

बेलायती राजदूत फेनको सांस्कृतिक सहभागिताले नेपालमा बसोबास गर्ने विदेशी समुदायहरूबीच सहिष्णुता र मित्रताको बलियो बनाउने विश्वास व्यक्त गरिएको छ।

Exit mobile version