KATHMANDU DAINIK

फ्लडलाइट पहिलो खेलमा काठमाण्डु गोर्खाजको जीत डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्स ५ विकेटले पराजित

मंसिर १, २०८२।   काठमाडौं दैनिक संवाददाता

काठमाण्डु गोर्खाज, जनकपुर बोल्ट्स, NPL Season 2, फ्लडलाइट खेल, नेपाल प्रिमियर लिग, Kathmandu Gorkhas win, Ben Charlesworth, Akash Tripathi, मिलिन्द कुमार, क्रिकेट समाचार, नेपाल क्रिकेट, sports news Nepal, काठमाडौँ जीत, , , ,

काठमाडौँ – पहिलो पटक त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय रंगशालामा फ्लडलाइट अन्तर्गत खेलाइएको नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उद्घाटन खेलमा काठमाण्डु गोर्खाजले डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सलाई ५ विकेटले हराउँदै प्रभावशाली सुरुवात गरेको छ।

जनकपुरले दिएको १ सय ३१ रनको लक्ष्य काठमाण्डुले २ ओभर बाँकी छँदै सहज रूपमा पूरा गर्‍यो ।

इंग्लिस खेलाडी चार्ल्सवर्थले २३ बलमा ४६ रन बनाउँदै आकाशसँग पहिलो विकेटमा ८ ओभरमा ७० रन जोडी काठमान्डुलाई उत्कृष्ट सुरुआत दिलाएका थिए । चार्ल्सवर्थले ५ चौका र ३ छक्का प्रहार गरे । गत सिजन जनकपुरले उपाधि जित्दाका सदस्य आकाशले ४५ बल खेली ५ चौकासहित ३९ रन बनाए ।

चार्ल्सवर्थलाई यान निकोल लफ्टी इटनले आफ्नै बलिङमा सानदार क्याच गरे । भीम सार्की ७ बल खेली ३ रनमै आउट भए पनि आकाशले संयमित खेल्दै काठमान्डुको इनिङ्स अगाडि बढाएका थिए । आकाशलाई सञ्जय कृष्णमुर्थीले बोल्ड गरे ।

यसअघि आसिफ शेखले अर्धशतक बनाए पनि काठमान्डुले जनकपुरलाई १ सय ३० रनको स्कोरमा रोकेको थियो । काठमान्डुले टस जितेपछि ब्याटिङमा आएको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ३० रन मात्र बनाउन सकेको थियो ।

लाहिरुले १२ बलमा ७ रन बनाए भने अनिलले खाता खोल्न सकेनन् । मिलिन्दले आफ्नो अर्को ओभरमा लफ्टी इटनलाई २ रनमा बोल्ड गरी जनकपुरलाई उच्च दबाबमा राखेका थिए । अमेरिकी ब्याट कृष्णमुर्थीलाई सन्तोष यादवले २ रनमा बोल्ड गरेपछि पहिलो १० ओभरको खेलमा काठमान्डु हावी भएको थियो ।

पहिलो २ ओभरमा विना क्षति २६ रन बनाएको जनकपुर १० ओभरमा ५६–४ को स्थितिमा पुगेको थियो । अमेरिकी अलराउन्डर मिलिन्दले पाँचौँ ओभरमा लाहिरु मिलान्थालाई विकेटको पछाडि क्याच र कप्तान अनिल साहलाई आउट गराई काठमान्डुलाई उत्कृष्ट पुनरागमन गराएका थिए ।

अन्तिम बलको सामना गरेका रुपेश सिंहले चौका प्रहार गरे । मायन यादव ३४ रनमा अविजित रहे । उनले २९ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरे । काठमान्डुका मिलिन्दले ४ ओभरमा १५ रन मात्र खर्चेर ३ विकेट लिएका हुन् । १४ ओभरमा ७९ रन रहेको जनकपुरले अन्तिम ६ ओभरमा ५१ रन जोडेको थियो ।

Exit mobile version