कार्तिक २७, २०८२। काठमाडौं दैनिक संवाददाता

काठमाडौं – काठमाडौंमा जारी एभरेस्ट महिला भलिबल लिगमा लुम्बिनी लाभाजले प्रभावशाली प्रदर्शन गर्दै मधेश युनाइटेडलाई ३–१ सेटले पराजित गरेको छ।
त्रिपुरेश्वरस्थित कवर्डहलमा बिहीबार भएको खेलमा लुम्बिनीले पहिलो सेट २८–२६ को कडा प्रतिस्पर्धामा जित्यो। दोस्रो सेटमा मधेशले २५–२३ को जीत निकाल्दै खेल बराबरीमा ल्याएको थियो। तर तेस्रो र चौथो सेटमा लुम्बिनीले बलियो फिर्ती दिँदै २५–१४ र २५–१९ ले जित सुनिश्चित गर्यो।
यो जितसँगै लुम्बिनीले लिगको आफ्नो सुरुवाती अभियानमा बलियो प्रभाव देखाएको छ। यसअघि, आजै भएको पहिलो खेलमा काठमाडौंले पोखरालाई ३–१ सेटले पराजित गरेको थियो।
लुम्बिनी लाभाज
पहिलो सेट: २८–२६
दोस्रो सेट: २३–२५
तेस्रो सेट: २५–१४
चौथो सेट: २५–१९
मधेश युनाइटेड
पहिलो सेट: २६–२८
दोस्रो सेट: २५–२३
तेस्रो सेट: १४–२५
चौथो सेट: १९–२५
एभरेस्ट महिला लिगमा देशका पाँच फ्रेन्चाइज टिम सहभागी छन्, जसमा काठमाडौं, लुम्बिनी, पोखरा, मधेश र कर्णाली रहेका छन् र प्रतियोगिता हिमालय टेलिभिजन र ओएसआर स्पोर्ट्समार्फत प्रत्यक्ष प्रशारण भइरहेको छ।