मंसिर ३, २०८२। काठमाडौं दैनिक संवाददाता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगमा दर्ता भएका १२३ दलसँग चुनावबारे छलफल गर्न सिंहदरबारमा बैठक बोलाएकी छन्।
फागुन २१ को चुनावका लागि दलहरू दर्ताको प्रक्रिया चलिरहेका बेला चुनावमा सहभागिताका लागि अपिल गर्ने प्रयोजनका लागि उनले सबैसँग संयुक्त छलफल गर्न लागेकी हुन् ।
- प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगमा दर्ता भएका १२३ दलसँग चुनावबारे छलफल गर्न सिंहदरबारमा बैठक बोलाएकी छन्।
- बुधबार अपरान्ह ४ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दलहरूलाई छलफलका लागि निम्ता गरिएको छ।
- फागुन २१ को चुनावका लागि दलहरूलाई सहभागी हुन अपिल गर्ने उद्देश्यले उनले सबैसँग संयुक्त छलफल गर्न लागेकी हुन्।
प्रधानमन्त्री कार्कीले यसअघि विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूसँग छलफल गरेकी थिइन्। त्यसैगरी, उनले जेनजी आन्दोलनमा सहभागि प्रतिनिधिहरूसँग पनि छुट्टै संवाद गरिसकेकी छन्।
प्रधानमन्त्रीले दलहरूसँग संयुक्त छलफल गरेर निर्वाचनको वातावरणलाई थप सकारात्मक र पारदर्शी बनाउन पहल गर्ने योजना बनाएकी छिन्।