कात्तिक २९, २०८२। काठमाडौं दैनिक संवाददाता

काठमाडौँ – जबरजस्ती करणीको आरोपमा थुनामा रहेका मधेश प्रदेशका पूर्व प्रदेशप्रमुख राजेश अहिराज सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले जिल्ला र उच्च अदालतका सम्पूर्ण फाइल मगाउन आदेश दिएको छ।
शुक्रबार न्यायाधीशद्वय कुमार रेग्मी र श्रीकान्त पौडेलको इजलासले अहिराजले दर्ता गराएको निवेदनमाथि सुनुवाइ गर्दै फाइल झिकाउन निर्देशन दिएको हो। यसले मुद्दामा नयाँ कानुनी मोड लिन सक्ने देखिएको छ।
अहिराजलाई काठमाडौं जिल्ला अदालतले थुनामा पठाएपछि उनले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए। उच्च अदालतले पनि जिल्ला अदालतको आदेश नै दुव्र्यवहार गर्दै १२ भदौ २०८२ मा थुनामा पठाउने निर्णय सदर गरेको थियो।
त्यसपछि २३ कात्तिकमा, अहिराजले थुनामुक्त गर्ने मागसहित ७३ निवेदन सर्वोच्चमा दर्ता गरेका थिए। उनीविरुद्ध एक महिलाले बलात्कारको उजुरी गरेपछि जिल्ला अदालत काठमाडौंले साउन १४ मा पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको र त्यसपछि उनलाई डिल्लीबजार कारागार चलान गरिएको थियो।