KATHMANDU DAINIK

नेप्से सुधारतर्फ सरकारको कदम : संरचना, स्वामित्व मोडेलदेखि शासन प्रणालीसम्म

मंसिर ३, २०८२।  काठमाडौं दैनिक संवाददाता

नेप्से पुनःसंरचना, नेपाल स्टक एक्सचेन्ज सुधार, उच्चस्तरीय समिति, शेयर बजार सुधार, सरकारको निर्णय, Prakashjung KC committee, Nepse restructuring

काठमाडौं – सरकारले नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) लाई आधुनिक, पारदर्शी र प्रतिस्पर्धी बनाउने उद्देश्यसहित उच्चस्तरीय पुनःसंरचना समिति गठन गरेको छ।

मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सेयर बजारको दीर्घकालीन सुधार, प्राविधिक सुदृढीकरण तथा संस्थागत पुनःसंरचना आवश्यक भएको निष्कर्ष निकाल्दै प्रकाशजंग केसीको नेतृत्वमा अध्ययन तथा सुझाव समिति गठन गरेको हो।

बैठकले लामो समयदेखि उठ्दै आएको ‘नेप्से सुधार’ सम्बन्धी माग, बजार विस्तार, दक्षता अभिवृद्धि तथा नियमन र व्यवस्थापन मोडेल फेरबदलका विषयमा अब आधिकारिक रूपमा अध्ययन अघि बढाइने जनाएको छ।

सरकारका अनुसार, नवगठित समितिले यी मुख्य विषयमा अध्ययन प्रतिवेदन पेश गर्नेछ।

नेप्सेको संस्थागत स्वरूप र सञ्चालन क्षमता

वर्तमान सरकारी स्वामित्व मोडेल परिवर्तनको आवश्यकता

शेयर बजारको समग्र शासन प्रणाली

अन्तर्राष्ट्रिय अभ्यासअनुसार आधुनिक संरचना निर्माणको सम्भाव्यता

प्राविधिक र व्यवस्थापकीय प्रणाली सुधारका उपाय

अर्थ मन्त्रालयका अनुसार, पुनःसंरचना प्रक्रियाले बजारको पारदर्शिता, सुरक्षा र प्रतिस्पर्धात्मकता बढाई सेयर व्यवसाय, लगानीकर्ता सुरक्षा र बजार विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

समिति अध्ययन प्रतिवेदन तयार भएपछि सरकारले आगामी नीतिगत तथा संरचनागत निर्णय लिने बताइएको छ।

Exit mobile version