KATHMANDU DAINIK

सेयर कर्जा ४२% ले बढ्दा पनि किन बढेन नेपाली पुँजी बजार

सेयर बजार, डिम्याट खाता, दोस्रो बजार, नेपाल स्टक एक्सचेन्ज, नेप्से, सक्रिय लगानीकर्ता, शेयर लगानी, सेयर कारोबार, NEPSE रिपोर्ट

भदौ ५, २०८२।

काठमाडौँ – गत आर्थिक वर्षको ११ महिनामा मात्र बैंक तथा वित्तीय संस्थाले थप ३८ अर्ब ५७ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन्। अघिल्लो वर्षको सोही अवधिमा भन्दा यो ४२.८ प्रतिशतले बढी हो।

तर सेयर कर्जा यसरी बढ्दा पनि नेप्से परिसूचक उकालो लाग्न सकेको छैन। हाल लगानीकर्तामा देखिएको आत्मविश्वासको कमी, शिथिल अर्थतन्त्र र अन्य क्षेत्रमा लगानी प्रवाह भएकाले बजार स्थिर हुन नसकेको विज्ञहरू बताउँछन्।

स्टक ब्रोकर्स एसोसिएसनका पूर्वअध्यक्ष धर्मराज सापकोटाका अनुसार सेयर धितो कर्जा बढेको देखिन्छ तर त्यसको ठूलो भाग अन्य क्षेत्रमा गएका कारण बजारमा अपेक्षित माग देखिएको छैन।

राष्ट्र बैंकको तथ्यांकअनुसार १ करोडभन्दा माथिका कर्जामा उल्लेख्य वृद्धि भए पनि साना लगानीकर्ताले पनि बैंकबाट सेयर कर्जा लिएको देखिन्छ। बजार उकालो लाग्न अझै सकारात्मक समाचार र आत्मविश्वास चाहिएको विज्ञहरूको निष्कर्ष छ।

Exit mobile version