KATHMANDU DAINIK

टप ट्वान्टी–२० शृङ्खला : नेपाल र पाकिस्तान भिड्दै

नेपाल क्रिकेट, नेपाल दोस्रो जित, सोमपाल कामी, सोमपाल कामी ५ विकेट, मेलबर्न रेनेगेड्स, टप इन्ड टी२० क्रिकेट, नेपाल बनाम अस्ट्रेलिया, दीपेन्द्र ऐरी, कुशल मल्ल, नेपाल क्रिकेट समाचार, Nepal Cricket News

भदौ ६, २०८२।

काठमाडौँ – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड ट्वान्टी–२० क्रिकेट शृङ्खलाअन्तर्गत नेपाल र पाकिस्तानबीच आज महत्वपूर्ण खेल हुँदैछ।

शृङ्खलाको समूह चरण अन्तर्गत हुने यो अन्तिम खेलमा दुवै टोलीको लक्ष्य फरक–फरक छ। अङ्क तालिकामा सातौँ स्थानमा रहेको नेपालले सेमिफाइनल प्रवेशका लागि जित्नैपर्ने दबाब छ भने पाकिस्तानले शीर्ष स्थान कायम राख्न संघर्ष गर्नेछ।

खेल नेपाली समयअनुसार अपराह्न ३:१५ बजे सुरु हुनेछ।

नेपालका लागि यो खेल महत्त्वपूर्ण रहेको छ । पछिल्ला खेलमा बलिङ विभागले राम्रो प्रदर्शन गरे पनि ब्याटिङ लाइनअप कमजोर रहँदै आएको छ। यस पटक आक्रामक ब्याटिङ गर्न नसके नेपालको यात्रै यहीं अन्त्य हुने जोखिम बढ्नेछ।

पाकिस्तान भने शृङ्खलामा निरन्तरता दिने लयमा छ। बलिङमा स्पिनरहरूसँगै तीव्र गतिका बलरहरूसमेत प्रभावकारी देखिएका छन्।

नेपाल क्रिकेट संघ (क्यान) का अधिकारीहरूले भने, “यो खेल नेपालको लागि फाइनल सरह हो। खेलाडीहरूले आफ्नो क्षमताको उत्कृष्ट स्तरमा प्रदर्शन गर्नुपर्छ।

Exit mobile version