कार्तिक २७, २०८२। उपसना पौडेल

काठमाडौं – एभरेस्ट महिला भलिबल लिगमा बिहीबार काठमाडौं स्पाईकर्सले पोखरा निन्जाजमाथि जित हात पारेको छ। दशरथ रंगशालास्थित कभर्ड हलमा सम्पन्न खेलमा काठमाडौंले पोखरालाई ३-१ को सेटमा पराजित गर्दै लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको हो।
काठमाडौंले पहिलो दुई सेट २५-१९ र २५-१७ को फराकिलो अन्तरले जितेको थियो। तेस्रो सेटमा पोखराले १२-२५ ले फर्की दबाब सिर्जना गरे पनि चौथो सेटमा काठमाडौंले २५-१८ ले पुनः उत्कृष्ट प्रदर्शन गर्दै खेल आफ्नो पक्षमा पारेको हो।
चार खेल खेलेको काठमाडौंको यो दोस्रो जित हो, जससँगै उसले ६ अंक जोड्दै लिगको तेस्रो स्थानमा उक्लिएको छ। पोखराले भने पाँच खेलमा एक जित र चार हारको साथ ४ अंकमा लिग यात्रा समाप्त गरेको छ ।
यसअघि बुधबार भएको खेलमा ललितपुर क्विन्सले विराटनगर सिटीविरुद्ध सहज जित हात पारेको थियो। एभरेस्ट महिला भलिबल लिगमा देशभरका उत्कृष्ट महिला खेलाडीहरूबीच प्रतिस्पर्धा जारी छ, जसले नेपाली महिला भलिबलमा नयाँ उत्साह ल्याएको छ।