KATHMANDU DAINIK

एएफसी यू-२० महिला एसियन कप छनोटमा साउदी अरेबियामाथि नेपालको रोमाञ्चक जित

नेपाल बनाम साउदी अरेबिया यू–२० महिला फुटबल, एएफसी यू–२० महिला एशियन कप छनोट २०२५, नेपाल महिला फुटबल टिम, भुटान यू–२० महिला फुटबल, उत्तर कोरिया महिला यू–२०, नेपाल फुटबल समाचार, थिम्पु चाङलिमिथाङ स्टेडियम, एशियन कप छनोट नेपाल, नेपाल बनाम साउदी अरेबिया खेल समय, यू–२० महिला फुटबल ताजा अपडेट

साउन २३, २०८२।

काठमाडौं – भुटानको थिम्पुमा जारी एएफसी यू-२० महिला एसियन कप छनोट प्रतियोगितामा नेपालले दोस्रो खेलमा साउदी अरेबियामाथि १-० को संघर्षपूर्ण जित हात पारेको छ।

चाङलिमिथाङ स्टेडियममा शुक्रबार भएको खेलमा दुवै टोलीबीच बराबरीको प्रतिष्पर्धा भएको थियो। खेलको अन्तिम समयसम्म गोलरहित बराबरीमा रहेको खेल ९०औं मिनेटमा निर्णायक बन्यो। मीना देउवाको पासलाई उपयोग गर्दै शुक्रिया मियाँले ट्याप-इन गोल गरिन् र नेपाललाई महत्वपूर्ण जित दिलाइन्।

खेलमा नेपालले ३७औं मिनेटमा पेनाल्टीमार्फत अग्रता लिने सुनौलो अवसर पाएपनि मीनाको प्रहार बारमा लागेर बाहिरिएको थियो। त्यस्तै, साउदी अरेबियाले पनि केही आक्रमणको मौका पाए तापनि गोल गर्न सफल भएन।

नेपालले यसअघि पहिलो खेलमा भुटानसँग १-१ को बराबरी खेलेको थियो भने साउदी अरेबियाले आफ्नो पहिलो खेलमा उत्तर कोरियासँग १५-० को हार व्यहोरेको थियो। यो जितसँगै नेपालले समूहमा चार अंक जोडेको छ र आइतबार हुने अन्तिम खेलमा बलियो उत्तर कोरियासँग भिड्नेछ।

प्रतियोगितामा प्रत्येक समूहको विजेता तथा तीन उत्कृष्ट उपविजेता टोलीहरू आगामी यू-२० महिला एसियन कपमा छनोट हुनेछन्। नेपालका लागि उत्तर कोरियाविरुद्धको खेल निर्णायक बन्ने देखिन्छ।

Exit mobile version