KATHMANDU DAINIK

स्वर्णिम र रिब्स न्यु जेनिथ कप बास्केटबलको फाइनलमा प्रवेश

स्वर्णिम बास्केटबल, रिब्स बास्केटबल, न्यु जेनिथ कप २०२५, अन्तरविद्यालय बास्केटबल नेपाल, ज्ञान निकेतन ब्वाइज बास्केटबल, कन्स्टिलेसन स्कूल, ब्वाइज फुटसल फाइनल, नेपाल स्कूल स्पोर्ट्स

भदौ ९, २०८२।

काठमाडौँ – तेस्रो न्यु जेनिथ कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा स्वर्णिम र रिब्सले गल्र्सतर्फ फाइनल प्रवेश गरेका छन् ।

स्वर्णिमले ग्यालेक्सी पब्लिक स्कुललाई ४१–११ ले हरायो, जहाँ हिसी ल्हामु लामाले मात्र २१ अंक योगदान गरिन् । अर्को खेलमा रिब्सले राराहिललाई २७–१७ ले पराजित गर्‍यो । विजयी टोलीका लागि लिस्का थापाले १२ अंक जोडिन् ।

भुरुङखेलस्थित आयोजक न्यु जेनिथको कोर्टमा जारी प्रतियोगिताको ब्वाइजतर्फ ज्ञान निकेतन र कन्स्टिलेसनले उपाधि भिडन्त पक्का गरेका छन् । ज्ञान निकेतनले पुष्पसदनलाई ६७–५१ ले पाखा लगाउँदा महेन्द्र प्याकुरेल एक्लैले ३३ अंक बटुले ।

कन्स्टिलेसनले ब्राइट होराइजनलाई ६९–५८ ले पराजित गर्‍यो जसमा रिडम नेपालीले २१ अंक योगदान गरे ।

न्यु जेनिथ कप अन्तर्गत ब्वाइज फुटसलमा तीन उमेर समूहको फाइनल समीकरण पनि तय भएको छ ।

U–11 : चेल्सी वर्ल्ड स्कुल बनाम बेसिक लर्निङ

U–13 : ब्राइट होराइजन बनाम हार्टल्यान्ड एकेडेमी

U–16 : रिब्स बनाम ग्रिन भिलेज

सबै फाइनल खेल मंगलबार हुनेछन् ।

Exit mobile version