स्वर्णिम र रिब्स न्यु जेनिथ कप बास्केटबलको फाइनलमा प्रवेश

स्वर्णिम बास्केटबल, रिब्स बास्केटबल, न्यु जेनिथ कप २०२५, अन्तरविद्यालय बास्केटबल नेपाल, ज्ञान निकेतन ब्वाइज बास्केटबल, कन्स्टिलेसन स्कूल, ब्वाइज फुटसल फाइनल, नेपाल स्कूल स्पोर्ट्स

स्वर्णिम बास्केटबल, रिब्स बास्केटबल, न्यु जेनिथ कप २०२५, अन्तरविद्यालय बास्केटबल नेपाल, ज्ञान निकेतन ब्वाइज बास्केटबल, कन्स्टिलेसन स्कूल, ब्वाइज फुटसल फाइनल, नेपाल स्कूल स्पोर्ट्स

भदौ ९, २०८२।

काठमाडौँ – तेस्रो न्यु जेनिथ कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा स्वर्णिम र रिब्सले गल्र्सतर्फ फाइनल प्रवेश गरेका छन् ।

स्वर्णिमले ग्यालेक्सी पब्लिक स्कुललाई ४१–११ ले हरायो, जहाँ हिसी ल्हामु लामाले मात्र २१ अंक योगदान गरिन् । अर्को खेलमा रिब्सले राराहिललाई २७–१७ ले पराजित गर्‍यो । विजयी टोलीका लागि लिस्का थापाले १२ अंक जोडिन् ।

भुरुङखेलस्थित आयोजक न्यु जेनिथको कोर्टमा जारी प्रतियोगिताको ब्वाइजतर्फ ज्ञान निकेतन र कन्स्टिलेसनले उपाधि भिडन्त पक्का गरेका छन् । ज्ञान निकेतनले पुष्पसदनलाई ६७–५१ ले पाखा लगाउँदा महेन्द्र प्याकुरेल एक्लैले ३३ अंक बटुले ।

कन्स्टिलेसनले ब्राइट होराइजनलाई ६९–५८ ले पराजित गर्‍यो जसमा रिडम नेपालीले २१ अंक योगदान गरे ।

न्यु जेनिथ कप अन्तर्गत ब्वाइज फुटसलमा तीन उमेर समूहको फाइनल समीकरण पनि तय भएको छ ।

U–11 : चेल्सी वर्ल्ड स्कुल बनाम बेसिक लर्निङ

U–13 : ब्राइट होराइजन बनाम हार्टल्यान्ड एकेडेमी

U–16 : रिब्स बनाम ग्रिन भिलेज

सबै फाइनल खेल मंगलबार हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर ९, २०८२।    काठमाडौँ दैनिक संवाददाता

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

काठमाडौ – प्रधानमन्त्री सुशीला कार्कीले श्रीलंकामा सम्पन्न पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेर फर्किएको नेपाली टोलीलाई सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्मानपूर्वक भेट गरेकी छन्।

प्रधानमन्त्रीले खेलाडी र अफिसियललाई बधाई दिँदै यो उपलब्धि नेपाली खेलकुद इतिहासकै गर्वको विषय भएको बताइन्। कार्कीले भनिन्, यो तपाईंहरूको कडा परिश्रम, सामूहिक भावना र दृढ संकल्पको परिणाम हो। तपाईंहरू सबै यस उपलब्धिको हकदार हुनुहुन्छ। अर्को संस्करणमा च्याम्पियन बन्ने लक्ष्यसहित अगाडि बढ्नुहोस्।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रधानमन्त्री कार्कीले सरकारबाट आवश्यक सहयोग र लगानीका विषयमा सम्बद्ध मन्त्रालय तथा निकायसँग छलफल गर्ने आश्वासन समेत दिइन्। कार्कीले पहल र प्रतिभाको प्रदर्शन सराहनीय रहेको उल्लेख गर्दै सरकारी सहयोग बढेमा टोलीले अझ उत्कृष्ट सफलता हासिल गर्ने विश्वास व्यक्त गरिन्।

प्रशिक्षक पुरनसिंह खत्री र कप्तान गीता पौडेलको नेतृत्वमा रहेको नेपाली टोलीले प्रतिस्पर्धी सम्पन्न राष्ट्रका टोलीलाई हराउँदै उपाधि नजिक पुग्न सफल भएको प्रशिक्षकको भनाइ छ। उनका अनुसार सरकारी समर्थन पाउँदा भविष्यमा नेपालले च्याम्पियन बन्न सक्नेछ।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रतियोगिता सम्पन्न भएपछि टोली सोमबारै स्वदेश फर्किएको हो।