KATHMANDU DAINIK

वीरगञ्जमा हैजा फैलियो, संक्रमितको संख्या ७९ पुग्यो

हैजा नेपाल,,, वीरगञ्ज हैजा,,, हैजाको संक्रमण,,, वीरगञ्जमा हैजा २०८२,,, Parsa cholera outbreak,,, Narayani hospital Birgunj,,, हैजा संक्रमित संख्या,,, हैजा रोग नेपाल,,, cholera outbreak Nepal 2025,,, Birgunj health news,,,---
वीरगन्ज महानगरका प्रमुख राजेशमान सिंह वीरगन्जस्थित वीरगन्ज हेल्थ केयर अस्पतालमा हैजाका बिरामीको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै ।

भदौ ९, २०८२।

पर्सा – वीरगञ्ज महानगरपालिका क्षेत्रमा समुदायस्तरमै हैजा (Cholera) को सङ्क्रमण फैलिएको छ। स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार सोमबार बिहानसम्म कुल ७९ जना हैजा संक्रमित भेटिएका छन्।

गत शुक्रबारदेखि वीरगञ्जका विभिन्न वडामा हैजाका बिरामी भेटिन थालेका हुन्। अहिलेसम्म १०३ जना बिरामी विभिन्न अस्पतालमा भर्ना भइसकेका छन्। नारायणी अस्पतालका प्रवक्ता डा. उदयनारायण सिंहका अनुसार हैजाका कारण अस्पतालमा श्यया र जनशक्तिको अभाव देखिएको छ।

विश्व स्वास्थ्य सङ्गठन (WHO) का प्रतिनिधिहरूले स्थानीय पानीको परीक्षण थालेका छन्। स्वास्थ्य अधिकारीहरूले सम्भवतः आजभित्रै हैजाको स्रोत पत्ता लाग्ने आशा व्यक्त गरेका छन्।

नारायणी अस्पतालमा मात्र ३० जना संक्रमित भर्ना भएका छन् भने अन्य अस्पतालहरू- तराई अस्पताल, नेशनल मेडिकल कलेज, भवानी अस्पताललगायतमा पनि हैजाका बिरामी भेटिएका छन्। अहिलेसम्म कागजी रूपमा सहयोगको आश्वासन भए पनि वास्तविक जनशक्ति र आवश्यक स्वास्थ्य सामग्री भने आइपुगेको छैन।

यससँगै वीरगञ्जका स्वास्थ्य संस्था विभिन्न प्रकारका अन्य महामारी (जस्तै ज्वरो, सर्पदंश, प्यारालाइसिस) सँग पनि जुधिरहेका छन्।

Exit mobile version