KATHMANDU DAINIK

महेश बस्नेतले भने: रवि लामिछानेको जेलबाट छुट्ने अर्को योजना पनि असफल

साउन २७, २०८२।

काठमाडौं – नेकपा (एमाले)का नेता महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जेलबाट छुट्ने पछिल्लो प्रयास पनि विफल भएको बताएका छन्। जिल्ला अदालत रुपन्देहीले लामिछानेलाई थुनामै राख्ने आदेश दिएपछि बस्नेतले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै ‘डिजाइन फेल’ भएको दाबी गरेका हुन्।

बस्नेतले लेखेका छन्, नमागेको धरौटी बुझाएर अपारदर्शी र स्रोत नखुलेका कमाइ भएका व्यक्तिहरूलाई परिचालन गरेर जेलबाट छुट्ने उनको अर्को डिजाइन पनि फेल भयो। आफूले म ठग हुँ भनेर स्वीकार गरेको परिस्थितिलाई अदालतले दोषी होइन भन्न सकिँदैन त्यसैले पूर्वपक्षमै जेल बस भन्नु परेको हो।

अदालतको आदेशसँगै पुनः रास्वपा टिमले ‘सरकार प्रतिशोधी भयो’ भन्दै रोइलो मच्चाउने छ। बस्नेतका भने, लामिछानेले २ करोड ७४ लाख रुपैयाँको बैंक जमानतसहित रिहा मागे पनि अदालतले निवेदन अस्वीकार गरेको छ।

यसअघि पनि बस्नेतले लामिछानेविरुद्ध कडा आलोचना गर्दै आएका छन्। उनले लामिछानेको नेतृत्वमा भएको कार्यशैली र आचरणले पार्टी र राजनीतिको विश्वासमा चोट पुर्याएको दाबी गर्दै आएका छन्।

Exit mobile version