KATHMANDU DAINIK

मधेश सरकारमा मन्त्री बनेकी कञ्चन बिच्छालाई राप्रपाको तत्काल फिर्ता हुन निर्देशन

कार्तिक २४, २०८२।   प्रयास लामा

rajendra lingden.राप्रपा, कञ्चन बिच्छा, मधेश प्रदेश, सरोजकुमार यादव, मन्त्री फिर्ता, राजेन्द्र लिङ्देन, मधेश राजनीति, UML सरकार, Madhesh Government, Kanchan Bichha, RPP Nepal

जनकपुरधाम – मधेश प्रदेश सरकारमा सहभागी बनेकी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद कञ्चन बिच्छालाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले तत्काल फिर्ता हुन निर्देशन दिएका छन्।

नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले एमाले, संघीय समाजवादी र राप्रपाबाट एक–एक जनालाई मन्त्री नियुक्त गरेका थिए। सो क्रममा राप्रपाबाट बिच्छा मन्त्री बनेकी थिइन्। तर अध्यक्ष लिङ्देनले उक्त निर्णय पार्टीको सहमति बिना भएको भन्दै उनलाई सरकारबाट फिर्ता हुन आदेश दिएका हुन्।

लिङ्देनले संचारकर्मीहरु संग कुरा गर्दै भने, हाम्रो अहिले त्यस्तो सरकारमा सामेल हुने कुनै कार्यक्रम छैन। त्यो पार्टीको सहमतिमा गरिएको कुरा पनि होइन। तत्काल फिर्ता हुन निर्देशन दिइसकिएको छ।

राप्रपाले पार्टीको आधिकारिक फेसबुक पेजमार्फत पनि सो निर्देशन सार्वजनिक गरेका छन्। मधेश प्रदेश सरकारमा राप्रपाको सहभागीताप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। यो अनुशासनको उल्लंघन हो, लिङ्देनले लेखेका छन्,
राप्रपाका सदस्यलाई तत्काल सरकारबाट फिर्ता हुन निर्देशन गरिएको छ। अन्यथा विधानबमोजिम कारबाही हुनेछ।

यो घटनाले मधेश प्रदेशको नयाँ गठबन्धनमा थप राजनीतिक तनाव सिर्जना गरेको विश्लेषकहरूको टिप्पणी छ।

Exit mobile version