KATHMANDU DAINIK

भारतमाथि अमेरिकाको ५० प्रतिशत भन्सार कर लागू

अमेरिका भारत कर, अमेरिकी भन्सार भारत, US India Trade Tension, भारतमाथि ५० प्रतिशत कर, Donald Trump tax India, India Russia oil trade, अमेरिकी व्यापार विवाद, US India relation 2025

भदौ ११, २०८२।

काठमाडौं – अमेरिकी सरकारले भारतमाथि थप २५ प्रतिशत भन्सार शुल्क लगाउने निर्णय कार्यान्वयनमा ल्याएको छ। यसअघि २५ प्रतिशत रहेको भन्सार आजदेखि दोब्बर हुँदै ५० प्रतिशत पुगेको छ।

अमेरिकी समय अनुसार बुधबार बिहान ९:३० बजेदेखि लागू भएको यो नियम अन्तर्गत अगस्ट २७, २०२५ यता भित्रिएका वा गोदामबाट निकालिएका सबै भारतीय सामानमा नयाँ कर दर लागू हुनेछ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले रुससँग कच्चा तेल किनेर युक्रेनविरुद्धको युद्धमा अप्रत्यक्ष सहयोग गरेको आरोप लगाउँदै भन्सार बढाइएको बताएका छन्। उनले भारतलाई ‘अन्यायपूर्ण लाभ उठाएको’ भन्दै कडा कदम चालिएको बताए।

तर भारत सरकारले अमेरिकाको यो कदमलाई “अनुचित, कारण र तर्कहीन” भन्दै आपत्ति जनाएको छ। भारतीय वाणिज्य मन्त्रालयले उक्त निर्णयले दुवै देशबीचको व्यापार सम्बन्धमा नकारात्मक असर पार्ने चेतावनी दिएको छ।

यस निर्णयसँगै दुई देशबीच व्यापारिक तनाव बढ्ने संकेत देखिएको छ। अर्थविशेषज्ञहरूले अमेरिकाले चर्को कर लगाउँदा भारतीय वस्तुको प्रतिस्पर्धात्मक मूल्यमा ठूलो असर पर्ने बताएका छन्।

Exit mobile version