KATHMANDU DAINIK

गाजामा इजरायली हवाई आक्रमणमा अल जजीराका ४ पत्रकारको मारिए

गाजा समाचार, इजरायल आक्रमण, अल जजीरा पत्रकार हत्या, गाजा युद्ध, आईडीएफ हमला, हमास, इस्रायल-गाजा संघर्ष
तस्बिर : अल जजीरा

साउन २६, २०८२।    एजेन्सी

काठमाडौँ – गाजामा सोमबार भएको इजरायली हवाई आक्रमणमा अल जजीराका चार पत्रकारको मृत्यु भएको छ। अल जजीराका अनुसार आक्रमण अल–शिफा अस्पताल नजिक भएको हो, जसमा संवाददाता अनस अल–शरीफ, मोहम्मद कुरैके, क्यामेराम्यान इब्राहिम जही र मोहम्मद नौफाल मारिएका छन्।

प्रत्यक्षदर्शी र अल जजीराको रिपोर्टअनुसार, घटना हुँदा उनीहरू अस्पतालको मुख्य प्रवेशद्वारमा पत्रकारका लागि बनाइएको त्रिपालभित्र कार्यरत थिए। करिब दुई साताअघि अल जजीराले इजरायली रक्षा बल (आईडीएफ)माथि आफ्ना पत्रकारलाई लक्षित गर्दै अभियान चलाएको आरोप लगाएको थियो।

आक्रमणपछिको विज्ञप्तिमा आईडीएफले अनस अल–शरीफमाथि हमला भएको पुष्टि गर्दै उनलाई “हमासको आतंकवादी सेलका प्रमुख” भएको दाबी गरेको छ। अन्य पत्रकारहरूको मृत्युबारे आईडीएफले केही उल्लेख गरेको छैन।

अल जजिराका म्यानेजिङ एडिटर मोहम्मद मोआवादले बीबीसीसँग कुरा गर्दै भने, अल–शरीफ गाजामा भइरहेको अत्याचारबारे समाचार दिने एक मात्र बलियो आवाज थिए।

यसअघि पनि गाजामा सञ्चारकर्मीहरूलाई लक्षित आक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गर्दै आएका छन्, जसले पत्रकारहरूको सुरक्षा र प्रेस स्वतन्त्रतामाथि गम्भीर प्रश्न उठाएको छ।

 

Exit mobile version