साउन२७, २०८२।
विश्वव्यापी अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने अमेरिकी र चिनियाँ काठमाडौं – सम्बन्धमा ट्यारिफ नलगाउने सहमति थप ९० दिनका लागि विस्तार गरिएको छ। गत मे महिनामा सुरु भएको यो सहमतिको अवधि सकिनै लाग्दा दुवै पक्षबीच वार्ता गरी तीन महिना थप सहमति गरिएको हो।
सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी आदेश जारी गरी गत मे महिनामा भएको सहमतिको शर्तहरू यथावत राखेका छन्। सो सहमति अनुसार दुवै देशले अस्थायी रुपमा एक अर्काको सामानमा लगाइएको ट्यारिफ (कर) निलम्बन गरेका थिए। यसले व्यापारिक तनावलाई केही कम गर्ने अपेक्षा गरिएको छ।
अमेरिकाले सहमति नबढाएमा थप ट्यारिफ लगाउने धम्की दिइरहेको अवस्थामा चीनले वार्तामा सहमतिसँगै समस्या समाधान खोज्ने प्रयास गरेको थियो। अमेरिकी अधिकारीहरूले ट्रम्पले उक्त आदेश मन्जुर गरेको जनाएका छन्। यसअघि अप्रिल महिनामा दुई देशबीच व्यापार तनाव उच्च शिखरमा पुगेको थियो, जसले विश्व बजारलाई असर पुर्याएको थियो।
ट्रम्प प्रशासनले विश्वका विभिन्न मुलुकका उत्पादनमा उच्च ट्यारिफ लगाउने रणनीति अपनाएको थियो। चीनमाथि पनि उच्च कर लगाइएको थियो र यसको जवाफमा चीनले अमेरिकी सामानमा पनि कर लगाएको थियो।
मे महिनाको सम्झौताअनुसार अमेरिकाले चिनियाँ आयातमा ३० प्रतिशत अतिरिक्त कर लगाउने योजना रोक्दै चीनले पनि अमेरिकी सामानमा थप कर लगाउने निर्णय स्थगित गरेको थियो।
यस सहमति विस्तारले आगामी दिनमा दुई देशबीचको व्यापारिक सम्बन्धमा स्थिरता ल्याउने अपेक्षा गरिएको छ। विश्वव्यापी अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने यी निर्णयहरूले नेपालको जस्तो सानो अर्थतन्त्रलाई पनि अप्रत्यक्ष प्रभाव पार्ने अनुमान छ।