मंसिर १८, २०८२। काठमाडौँ दैनिक संवाददाता
काठमाडौँ – बैंकिङ कसूर सम्बन्धी मुद्दामा गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ परेका छन्। प्रभु बैंकलाई हानी–नोक्सानी पुर्याएको र सो अपराध लुकाउन विभिन्न कम्पनीहरूको नाममा करोडौँ कर्जा दुरुपयोग गरेको आरोपमा उनलाई प्रहरीले बिहीबार जावलाखेलस्थित मनिमण्डलबाट नियन्त्रणमा लिएको हो।
यसअघि यही प्रकरणमा प्रभु बैंकका कार्यकारी अधिकृत अशोक शेरचन समेत प्रहरीको फन्दामा परेका थिए। शाक्यमाथि कर्जा प्रक्रियामा बैंकलाई आर्थिक क्षति पुर्याएको, कागजात फर्जीकरण सहित रकम दुरुपयोग गरेको अनुसन्धानमा उजागर भएपछि पक्राउ प्रक्रिया अघि बढाइएको प्रहरी स्रोतको भनाइ छ।
प्रहरीले यस प्रकरणलाई गम्भीर बैंकिङ अपराध मानेर आवश्यक अनुसन्धान अघि बढाइरहेको जनाएको छ।
