KATHMANDU DAINIK

बाकसमा फर्किएका सपनाहरु : साउनमा मात्रै १३९ नेपालीको शव स्वदेश फर्कियो

नेपालीको शव फर्कियो, बाकसमा फर्किएका नेपाली, १३९ नेपालीको मृत्यु, वैदेशिक रोजगारी दुर्घटना, TIA भन्सार, श्रमिक सुरक्षा नेपाल, Dead Body Repatriation Nepal, प्रवासी नेपाली मृत्यु

भदौ ९, २०८२।

काठमाडौँ – २०८२ सालको साउन महिनामा मात्र विदेशमा ज्यान गुमाएका १३९ नेपालीको शव बाकसमा नेपाल भित्रिएको तथ्यांक सार्वजनिक भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (TIA) भन्सार कार्यालयका अनुसार विभिन्न मुलुकमा रोजगारी तथा अन्य कारणले मृत्यु भएका ती नेपालीको शव विमानमार्फत स्वदेश ल्याइएको हो ।

विदेशमा रोजगारी गर्न गएका हजारौं नेपालीमध्ये प्रत्येक वर्ष सयौंको मृत्यु हुने तथ्यलाई यसले पुनः उजागर गरेको छ । प्रायः दुर्घटना, स्वास्थ्य समस्या र आत्महत्याका कारण विदेशमा नेपालीले ज्यान गुमाउने गरेको प्रवासस्थित नेपाली नियोग र वैदेशिक रोजगार विभागले जनाएका छन् ।

१३९ वटा बाकसमा फर्केका सपनाहरु केवल व्यक्तिगत पीडा मात्र नभई नेपालको वैदेशिक रोजगारीमा निर्भर सामाजिक र आर्थिक वास्तविकताको एक झल्को पनि हो ।

यो अवस्थाले श्रमिक सुरक्षाप्रति गम्भीर प्रश्न खडा गरेको छ। श्रमिक सुरक्षाबारे नेपाल सरकारले केहि कदम चालिएको भए पनि अझै प्रभावकारी नदेखिएको पीडित परिवार र सरोकारवालाहरुले गुनासो गरेका छन् ।

Exit mobile version