KATHMANDU DAINIK

प्रधानमन्त्रीको विश्वास मत विवाद: सर्वोच्च अदालतमा सुनुवाइ भदौ १७ मा

प्रधानमन्त्री विश्वास मत विवाद, सर्वोच्च अदालत नेपाल, नागरिक उन्मुक्ति पार्टी, संसद् सचिवालय, केपी शर्मा ओली, नेपाल राजनीति समाचार, भदौ १७ सुनुवाइ

भदौ १२, २०८२।

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीलाई कामचलाउ घोषित गर्न माग गर्दै दायर गरिएको रिटमा सर्वोच्च अदालतले अर्को सुनुवाइ भदौ १७ गते गर्ने भएको छ। न्यायाधीश महेश शर्मा पौडेल र नृपध्वज निरौलाको इजलासले आवश्यक तीन वटा फाइल संसद् सचिवालय, निर्वाचन आयोग र नागरिक उन्मुक्ति पार्टीसँग माग गर्दै मिति तोकेको हो।

इजलासले संसद् सचिवालयलाई नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिएको र पुनः समर्थन गरेको पत्र, मन्त्री अरुणकुमार चौधरीको राजीनामा पत्र तथा नाउपाको वैधानिकता सम्बन्धी विवरण पठाउन आदेश गरेको छ।

यसअघि न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले चार प्रश्न उठाउँदै सरकार र विपक्षसँग लिखित जवाफ मागेको थियो। महान्यायाधीवक्ता रमेश बडालसँग संसद् सचिवालयबाट आधिकारिक पत्रबारे जिज्ञासा राखिएको र सोही आधारमा अदालतले आवश्यक कागजात झिकाउने आदेश गरेको हो।

यो मुद्दामा राजनीतिक र संवैधानिक तर्कसँगै दलहरूको समर्थन–विरोधको स्थिति पनि निर्णायक बन्ने देखिएको छ।

Exit mobile version