KATHMANDU DAINIK

पोखरा निन्जाजको पहिलो जित, ललितपुर क्वीन्स पहिलो पटक पराजित

कार्तिक २६, २०८२।   प्रयास लामा

पोखरा निन्जाज, ललितपुर क्वीन्स, एभरेस्ट महिला भलिबल लिग २०२५, Kathmandu Volleyball, Nepal Women Volleyball League, Pokhara vs Lalitpur

काठमाडौं – काठमाडौंमा जारी एभरेस्ट महिला भलिबल लिग (EWV) अन्तर्गत बुधबार भएको खेलमा पोखरा निन्जाजले ललितपुर क्वीन्सलाई सोझो सेटमा पराजित गर्दै पहिलो जित दर्ता गरेको छ।

त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको खेलमा पोखराले ललितपुरलाई २५–२२, २५–१३ र २५–२० को सेटमा पराजित गर्‍यो। यो जितसँगै पोखराले लिगमा पहिलो सफलता हात पारेको हो भने ललितपुरले पहिलो हार बेहोर्नुपर्‍यो।

यसअघि भएको पहिलो खेलमा साविक विजेता कर्णाली यशविस ले जित निकाल्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरिसकेको छ। अब ललितपुरले आफ्नो अन्तिम खेलमा शुक्रबार कर्णालीसँग भिड्नेछ भने पोखराले भोलि बिहीबार काठमाडौं स्पाइकर्ससँग खेल्ने तालिका छ।

जेन–जी आन्दोलनका कारण केही दिनअघि स्थगित भएको प्रतियोगिता आजदेखि पुनः सुरु भएको हो ।

पोखरा निन्जाजले ललितपुर क्वीन्सलाई सोझो सेटमा हरायो।

कर्णाली यशविस फाइनलमा प्रवेश।

जेन–जी आन्दोलनका कारण स्थगित लिग पुनः सुरु।

बिहीबार: पोखरा निन्जाज vs काठमाडौं स्पाइकर्स

शुक्रबार: ललितपुर क्वीन्स vs कर्णाली यशविस

पोखरा निन्जाजको प्रदर्शनले प्रतियोगितामा नयाँ उत्साह थपेको छ। अब ध्यान आगामी दुई खेलतर्फ केन्द्रित छ, जसले फाइनलको स्वरूप निर्धारण गर्नेछ।

Exit mobile version