KATHMANDU DAINIK

पाकिस्तानी प्रधानमन्त्रीको भारतलाई धम्की 

पाकिस्तान भारत पानी विवाद, शहबाज शरीफ धम्की, सिन्धु जल सम्झौता, आसिम मुनिर चेतावनी, पाकिस्तान भारत तनाव, जम्मु–कश्मीर आतंकवादी आक्रमण, पाकिस्तान प्रधानमन्त्री समाचार, पाकिस्तान भारत पानी युद्ध

 

साउन २८, २०८२।

काठमाडौं – पाकिस्तानी सेनाका प्रमुख आसिम मुनिरले केही दिनअघि भारतमाथि परमाणु आक्रमणको चेतावनी दिएका केही दिनमै प्रधानमन्त्री शहबाज शरीफले पनि भारतलाई कडा चेतावनी दिएका छन्। राजधानी इस्लामावादमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भारतले पानी बन्द गर्ने धम्की दिने हो भने पाकिस्तानबाट एक थोपा पनि पानी लिन नपाउने स्पष्ट सन्देश दिएका छन्।

प्रधानमन्त्री शरीफले भने, म दुश्मनलाई भन्न चाहन्छु यदि तिमी हाम्रो पानी बन्द गर्ने धम्की दिन्छौ भने यो कुरा याद राख कि पाकिस्तानको एक थोपा पानी पनि लिन सक्ने छैनौ। उनले थपे, यदि यस्तो धम्की र व्यवहार फेरि देखायौ भने हामी फेरि तिमीलाई यस्तो सबक सिकाउनेछौं कि तिमी आफ्नो कान आफैं पक्रिनेछौ।

यो प्रतिक्रिया भारतले २३ अप्रिलमा जम्मु–कश्मिरको पहलगाममा भएको आतंकवादी आक्रमणपछि सिन्धु जल सम्झौता रद्द गर्ने निर्णयसँग जोडिएको मानिएको छ। उक्त घटनामा आतंककारीहरूले नाम र धर्म सोधेर हिन्दू पर्यटकको हत्या गरेका थिए। भारतले उक्त आक्रमणको डिजाइन पाकिस्तानले गरेको आरोप लगाएको थियो।

यसअघि पाकिस्तानी सेनाप्रमुख मुनिरले भारतले पानी बन्द गरे बाँध नै भत्काउने गरी परमाणु आक्रमण गर्ने धम्की दिएका थिए। हालसम्म भारतले यी धम्कीहरूको आधिकारिक प्रतिक्रिया दिएको छैन।

Exit mobile version