KATHMANDU DAINIK

नेपाल यू-२० महिला टोली एएफसी एसियन कपका लागि तयार, भुटानसँग पहिलो खेल

नेपाल महिला फुटबल, AFC U-20 महिला एसियन कप, नेपाल बनाम भुटान, नेपाली महिला टिम, याम गुरुङ, बिर्सना चौधरी, उत्तर कोरिया महिला फुटबल, साउदी महिला टिम, AFC महिला छनोट, नेपाली खेलकुद समाचार
प्रशिक्षक याम प्रसाद गुरुङ मंगलबार थिम्पुमा आयोजित प्रि-म्याच प्रेस कन्फ्रेरेन्समा

साउन २०, २०८२।

काठमाडौं – नेपाली यू-२० महिला राष्ट्रिय फुटबल टोली भोलि (बुधबार) देखि भुटानमा सुरु हुने एएफसी यू-२० महिला एसियन कप छनोट प्रतियोगितामा प्रतिस्पर्धा गर्न पूर्ण रूपमा तयार भएको छ।

प्रशिक्षक याम प्रसाद गुरुङले मंगलबार थिम्पुमा आयोजित प्रि-म्याच प्रेस कन्फ्रेरेन्समा टोलीको तयारीबारे जानकारी दिँदै हालै सम्पन्न साफ यू-२० च्याम्पियनसिपमा देखिएका कमजोरी सुधार गरिएको बताए। हामी यसपटक छनोट हुने विश्वासका साथ आएको छौँ, उनले भने।

नेपाल समूह ‘ए’ मा रहेको छ, जहाँ उसले भुटान, साउदी अरेबिया र उत्तर कोरियासँग प्रतिस्पर्धा गर्नेछ। समूह चरणको पहिलो खेल भुटानसँग चाङलिमियाङ स्टेडियममा बुधबार साँझ पौने ६ बजे हुनेछ।

गुरुङले साफ यू-२० च्याम्पियनसिपमा भुटानलाई सहजै हराए पनि अहिलेको प्रतियोगिता फरक प्रकृतिको रहेको स्पष्ट पारे। उनले घरेलु टोलीलाई कमजोर नठान्ने बताएका छन्।

भुटान आफ्नै घरेलु मैदानमा खेल्दैछ, दर्शकको समर्थन हुनेछ। हामीले उनीहरूप्रति सम्मानका साथ खेल्नेछौँ गुरुङले भने।
गत साफ प्रतियोगितामा नेपालले भुटानलाई ६-१ र ८-० ले पराजित गरेको थियो।

थिम्पुमा आयोजित प्रि-म्याच प्रेस कन्फ्रेरेन्समा

टोलीकी कप्तान बिर्सना चौधरीले पनि टोलीको तयारी राम्रो भएको बताइन्। सबै टिम बलियो छन्, तर हाम्रो लक्ष्य टप भएर छनोट हुनु हो उनले भनिन्।

नेपाल गत जुलाईमा सम्पन्न साफ यू-२० महिला च्याम्पियनसिपमा उपविजेता बनेको थियो। त्यस प्रतियोगितामा नेपालले बंगलादेशसँग दुवै खेलमा हार व्यहोरेको थियो।

नेपालको समूहमा रहेको उत्तर कोरिया एसियाली महिला फुटबलमा शक्तिशाली टिम मानिन्छ। यस टोलीले उमेर समूहको एसियन कप र विश्वकप जितेको इतिहास बोकेको छ। यस्तै साउदी अरेबिया महिला फुटबलमा नयाँ तर द्रुत गतिमा उकासिँदै गरेको देश हो।

प्रशिक्षक याम प्रसाद गुरुङ र कप्तान बिर्सना चौधरी” प्रि-म्याच प्रेस कन्फ्रेरेन्समा”

नेपालको दोस्रो खेल साउन २३ (अगस्ट ८) मा साउदी अरेबियासँग हुनेछ भने अन्तिम खेल साउन २५ (अगस्ट १०) मा उत्तर कोरियाविरुद्ध हुनेछ

Exit mobile version