KATHMANDU DAINIK

नेपाल काभा महिला यू–१९ भलिबलमा उपविजेता, कीर्गिस्तानसँग रोमाञ्चक फाइनलमा

कार्तिक २३, २०८२।   प्रयास लामा

नेपाल काभा महिला यू–१९ भलिबल च्याम्पियनसिपमा उपविजेता

नेपाल महिला भलिबल, काभा यू१९, Nepal Volleyball Team, Kyrgyzstan vs Nepal, भलिबल च्याम्पियनसिप २०२५, Nepal Volleyball News, Sri Lanka Volleyball Tournament, नेपाल उपविजेता

काठमाडौं – श्रीलंकाको कोलम्बोमा सम्पन्न काभा (Central Asian Volleyball Association) महिला यू–१९ भलिबल च्याम्पियनसिपमा नेपालले शानदार प्रदर्शन गर्दै उपविजेता स्थान हासिल गरेको छ।

फाइनल खेलमा नेपाल कीर्गिस्तानसँग कडा प्रतिस्पर्धामा ३–२ सेटले पराजित भयो। खेलको सुरुवातदेखि नै दुवै टिमबीच उत्साहपूर्ण प्रतिस्पर्धा देखिएको थियो। नेपालले पहिलो र चौथो सेट आफ्नो पक्षमा पार्न सफल भए पनि निर्णायक पाँचौं सेटमा कीर्गिस्तानले १५–११ को जीतसहित उपाधि जित्यो।

खेलको सेट परिणाम यस प्रकार रहेको छ –
किर्गिस्तान २२–२५, २५–२०, २५–२१, १३–२५ र १५–११ नेपाल।

समूह चरणमा पनि नेपाल कीर्गिस्तानसँग ३–२ ले नै पराजित भएको थियो। त्यस्तै, नेपालले श्रीलंका र माल्दिभ्सलाई पराजित गर्दै फाइनलसम्मको यात्रा तय गरेको हो।

चार टोली सहभागी प्रतियोगितामा नेपालको यो प्रदर्शन अत्यन्त सराहनीय मानिएको छ। गत वर्ष नेपालले काभा महिला यू–२० भलिबलमा कांस्य पदक जितेको थियो, यसपटक भने एक चरण अघि बढ्दै रजत पदक हात पारेको हो।

Exit mobile version