KATHMANDU DAINIK

देश बनाउने यात्रामा हातेमालो: मेयर बालेनसँगको भेटपछि कुलमानको सन्देश चर्चामा

मंसिर १४, २०८२।  काठमाडौँ दैनिक संवाददाता

कुलमान घिसिङ, बालेन शाह, काठमाडौं महानगरपालिका, उज्यालो नेपाल पार्टी, राजनीतिक भेट, देश निर्माण, सहरी विकास, ऊर्जा सुधार, फोटो भेट, ट्रेन्डिङ समाचार, , , y, , ,

काठमाडौँ – उज्यालो नेपाल पार्टी गठन गरेर सक्रिय रूपमा राजनीतिमा उत्रिएका कुलमान घिसिङले काठमाडौं महानगरका मेयर बालेन शाहसँग भेटवार्ता गरेका छन्। शनिबार बालेनकै निवासमा भएको भेटको तस्बिर घिसिङले फेसबुकमा सार्वजनिक गर्दै लेखेका छन्, देश बनाउने अभियानमा हामी सँगै छौं।

राजनीतिक भेटघाट र समसामयिक बहसबीच आएको यो फोटो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा चर्चा चुलिएको छ। ऊर्जा क्षेत्र सुधारका अभियन्ताका रूपमा परिचित कुलमान र काठमाडौं सहरी व्यवस्थापनमा आक्रामक शैली अपनाउँदै आएका मेयर बालेन दुवैको भेटलाई नागरिकले सकारात्मक सन्देशका रूपमा लिएका छन्।

बालेन सचिवालयका अनुसार दुवैबीच देश विकास, सहरी पूर्वाधार, ऊर्जा व्यवस्थापन तथा सम्भावित सहकार्यका एजेन्डामा कुराकानी भएको थियो।

भेटबारे विस्तृत विवरण सार्वजनिक नगरिए पनि ‘देश निर्माणमा साझेदारी’ भन्ने घिसिङको टिप्पणीले नागरिक स्तरमा थप अपेक्षा जागेको देखिन्छ।

Exit mobile version