भदौ २, २०८२।
काठमाडौं – थाइल्याण्डकी चर्चित महिला भलिबल खेलाडी पत्राथिप सान्त्रकोन पुनः ललितपुर क्विन्स क्लबमा आबद्ध भएकी छन्। गत संस्करणमा ललितपुरलाई उपविजेता बनाउन महत्वपूर्ण भूमिका निभाएकी सान्त्रकोनले यसपालि उपाधि जित्ने दृढ आत्मविश्वास व्यक्त गरेकी छन्।
सान्त्रकोनले भनिन्, पछिल्लो सिजनमा उपाधिको नजिक पुगेर पनि चुक्नु दुखद थियो। यसपटक त्यो गल्ती दोहोर्याउने छैनौं। उनले नेपालमा दर्शकले दिएको मायाले आफूलाई फेरि यहाँ आउन प्रेरणा दिएको बताइन्।
सान्त्रकोनलाई ललितपुर क्विन्सले एभरेस्ट महिला भलिबल लिग (२०८२ भदौ २०–२८) को दोस्रो संस्करणका लागि पुनः अनुबन्ध गरेको हो।
यो लिगको आयोजना Infinity Dreams ले गर्दैछ।
सान्त्रकोन विदेशी खेलाडीमध्ये पहिलो अनुबन्धित सदस्य हुन्।
क्लबले सलिना श्रेष्ठ लाई मार्की खेलाडीका रूपमा राखेको छ।
सान्त्रकोन भन्छिन्, गत वर्ष दर्शकहरूको मायाले मलाई छोएको थियो। यस पटक त्यो मायाको सम्मान गर्दै उपाधि जित्न चाहन्छु।
क्लबका अनुसार व्यस्त कार्यक्रमका बावजुद पनि सान्त्रकोनले नेपाल आउन समय छुट्याएकी हुन्। यसले टोलीलाई थप मजबुत बनाएको क्लबको भनाइ छ।
ललितपुर क्विन्समा हाल संगम महतो, लक्ष्मी चन्द, सुनिता राई, निशा चौधरी, श्रृष्टि खड्गी, भावना डाँगी लगायतका खेलाडी छन्। मुख्य प्रशिक्षक उत्सव खड्का ले नै टीमलाई नेतृत्व दिइरहेका छन्।