KATHMANDU DAINIK

जेन–जी आन्दोलनको दमनको जिम्मा ओलीले लिनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

मंसिर १६, २०८२।  काठमाडौँ दैनिक संवाददाता

जेन–जी आन्दोलन, प्रहरी दमन, केपी शर्मा ओली, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, भदौ २३ घटना, भदौ २४ तोडफोड, UML नेतृत्व विवाद, ईश्वर पोखरेल, फायरसाइड अन्तर्वार्ता, नेपाल राजनीति, सुरक्षा तयारी, राजनीतिक जिम्मेवारी, Kantipur TV

काठमाडौ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भदौ २३ गतेको जेन–जी आन्दोलनमा भएको प्रहरी दमनको मुख्य जिम्मेवारी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमै हुने बताएकी छन्।

कान्तिपुर टेलिभिजनको कार्यक्रम फायरसाइडमा बोल्दै भण्डारीले आन्दोलनअघिको संकेत, त्यसपछिका गतिविधि र सुरक्षा संयन्त्रको तयारीसमेत सरकारको जिम्मामा पर्ने भन्दै राजनीतिक नेतृत्वले स्पष्ट जवाफ दिनुपर्ने आवश्यकता दोहोर्याइन्।

भण्डारीका अनुसार प्रधानमन्त्री ओलीले आफूलाई आन्दोलनको पूर्वाभास नभएको र सुरक्षा निकायले पर्याप्त सूचना नदिएको भनी अघि सारेको कारण नै नेतृत्वको कमजोरीको प्रमाण हो। उनले भनिन्, जो प्रधानमन्त्री हुन्छ, उसैले आफ्नो कार्यकालका सबै घटनाको राजनीतिक र नैतिक जिम्मेवारी लिनुपर्छ।

यतिमात्र होइन, भण्डारीले भदौ २४ गते देशभर देखिएका तोडफोड, आगजनी र लुटपाटका केही घटनामागि योजनाबद्ध तयारी हुनसक्ने दाबीसमेत गरिन्। उनका अनुसार यति ठूलो क्षति आकस्मिक रूपमा सम्भव छैन, यसमा लामो समयदेखि केही समूहले तयारी गरेको हुन सक्छ। उनले घटनाको स्रोत, उद्देश्य र सम्भावित संलग्नताबारे गम्भीर छानबिन आवश्यक रहेको बताइन्।

कार्यक्रममा उनले नेकपा एमालेको आन्तरिक विषयमा पनि टिप्पणी गर्दै नवौँ महाधिवेशनकै क्रममा ईश्वर पोखरेललाई भावी अध्यक्ष कायम गर्ने भद्र सहमति भएको विषय सार्वजनिक गरिन्। उनका अनुसार ११औँ महाधिवेशनताका ओली स्वयं पनि पछिल्लो बिन्दुमा पोखरेल अध्यक्ष बन्ने सहमतिमा थिए, तर त्यसबारे नेतृत्वले खुलेर चर्चामात्र नगरेको बताइन्।

पूर्वराष्ट्रपति भण्डारीले पोखरेलले आफूलाई हालसम्म प्रत्यक्ष रूपमा सहयोग माग्न नआए पनि नेतृत्वको आकांक्षा राखेको कुरा आफूलाई जानकारी रहेको उल्लेख गरिन्।

Exit mobile version