KATHMANDU DAINIK

चिन -भारत साझेदारी कुनै तेस्रो देशविरुद्ध होइन : चिनियाँ विदेशमन्त्री वाङ यी

lipulek

भदौ ६, २०८२।

काठमाडौं – चिनियाँ  विदेशमन्त्री वाङ यीले भारत र चीनबीचको साझेदारी कुनै तेस्रो देशविरुद्ध नभएको जिकिर गरेका छन्।

उनले भने, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि लगाएका भन्सार शुल्क (ट्यारिफ) को प्रभाव समयसँगै देखिनेछ तर यसले भारत–रूसबीचको मित्रता अझै बलियो बनाएको छ र चीनसँगको तनाव पनि कम भएको छ।

पाकिस्तान भ्रमणमा रहेका वाङ यीले बिहीबार इस्लामावादमा पाकिस्तानका परराष्ट्रमन्त्री तथा उपप्रधानमन्त्री इसहाक दारसँग संयुक्त पत्रकार सम्मेलनमा दुई देशको सम्बन्धले अन्य कुनै मुलुकलाई असर नगर्ने पनि बताए

वाङ यी मंगलबार नयाँ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेर अफगानिस्तान हुँदै पाकिस्तान पुगेका हुन् ।

Exit mobile version