KATHMANDU DAINIK

उज्यालो नेपाल पार्टीको घोषणपत्र सार्वजनिक

मंसिर १७, २०८२।  काठमाडौँ दैनिक संवाददाता

काठमाडौ – कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको गेटमै उज्यालो नेपालको चुनाव चिन्ह ‘बत्तिको चिम’ प्रतिकात्मक रुपमा खडा गरिएको थियो । प्रज्ञा परिसरमा विभिन्न होर्डिङबोर्डहरू लगाइएका थिए, जसमा फोटो खिच्नेहरूको कमी थिएन।

कार्यक्रममा प्रमुख अतिथि कुलमान घिसिङ आइपुगेका थिएनन्। तर कार्यकर्ताले कुलमान केन्द्रित नारा लगाउन थालिसकेका थिए । कतिपयले त्यहाँ सहभागीहरूलाई क्याप बाँडिरहेका थिए।

उनेपा घोषणापत्र, उज्यालो नेपाल पार्टी, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, संविधान संरक्षण, न्याय प्रणाली सुधार, समावेशी प्रतिनिधित्व, प्रेस स्वतन्त्रता, आर्थिक विकास नीति, कृषि आत्मनिर्भरता, कुलमान घिसिङ पार्टी, नेपाल राजनीतिक अपडेट

‘उज्यालो नेपाल के भन्छ ? कुलमान घिसिङ ’ले’ भन्छ’ यस्ता नारा पनि लागिरहेका थिए । कुलमान घिसिङ समर्थित दल उज्यालो नेपालको घोषणा सभा हेर्न आएका अधिकांशको भनाइ थियो– पूरानाले गरेनन्, अब नयाँलाई साथ दिने।कार्यकर्ताका मुखबाट ‘उज्यालो नेपाल’ भन्दा धेरै ‘कुलमान घिसिङ’ को नाम सुनिन्थ्यिो ।

यसैबीच उज्यालो नेपाल पार्टी (उनेपा) ले आगामी निर्वाचनका लागि सार्वजनिक गरेको घोषणापत्रमा भ्रष्टाचार, राजनीतिक हस्तक्षेप र प्रशासनिक दुरुपयोगविरुद्ध शून्य सहनशीलता अपनाइने स्पष्ट प्रतिबद्धता जनाइएको छ।

संवैधानिक मूल्य, मानवअधिकार, प्रेस स्वतन्त्रता र समावेशी प्रतिनिधित्वलाई आधार मानेर पार्टीले राज्य सुधार र आर्थिक समृद्धिको रोडम्याप प्रस्तुत गरेको छ।

ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको नेतृत्व गरिरहेका कुलमान घिसिङको संरक्षकत्वमा तयार गरिएको घोषणापत्रले राज्यका सबै अंगहरु: व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकामा पारदर्शिता र जवाफदेहिता अभिवृद्धि गर्ने नीति अघि सारेको छ।

घोषणापत्रमा भनिएको छ, भ्रष्टाचार, राजनीतिक हस्तक्षेप र प्रशासनिक दुरुपयोगविरुद्ध शून्य सहनशीलता अपनाइने छ। नीतिगत भ्रष्टाचार अन्त्य गर्न कडा कानूनी संरचना लागू गरिनेछ।

संविधान र अधिकार संरक्षण प्राथमिकतामा

उनेपाले विधानमा उल्लिखित मौलिक अधिकारहरूको पूर्ण कार्यान्वयन, नागरिक स्वतन्त्रता र लोकतान्त्रिक मूल्यहरूको मजबुत संरक्षण गर्ने प्रतिज्ञा गरेको छ। पार्टीका अनुसार सामाजिक, कानुनी तथा संस्थागत सुधारमार्फत नागरिकको हकहित सुनिश्चित गर्दै नागरिक-केन्द्रित शासन प्रणाली निर्माण गर्न प्रतिबद्ध छ।

न्याय प्रणाली सुधारको प्रतिवद्धता

घोषणापत्रमा न्यायपालिकाको स्वतन्त्रता, कानुनको समानता, छिटो र सुलभ न्याय सुनिश्चित गर्ने लक्ष्य राखिएको छ। लामो समयदेखि आलोचना भोगिरहेको न्यायिक ढिलाइलाई हटाउँदै सबैका लागि समान पहुँच हुने प्रणाली निर्माण गर्ने उनेपाको दाबी छ।

समावेशी प्रतिनिधित्वलाई ठूलो महत्व

जातीय, लैंगिक, क्षेत्रीय तथा उत्पीडित समुदायको समानुपातिक प्रतिनिधित्वलाई कडाइका साथ लागू गरिने उल्लेख छ। उम्मेदवार छनोटदेखि सरकारी संयन्त्रका संरचनासम्म समावेशी सहभागिता अनिवार्य गरिने घोषणापत्रमा भनिएको छ।

सञ्चार स्वतन्त्रता र सूचनाको पहुँच

स्वतन्त्र र निष्पक्ष पत्रकारितालाई मजबुत बनाउने नीति अघि सार्दै पार्टीले जनतालाई सूचना र ज्ञानको समान पहुँच सुनिश्चित गर्ने योजना सार्वजनिक गरेको छ। प्रेस स्वतन्त्रता र सूचनाको अधिकारलाई लोकतन्त्रको आधार बनाइने उनीहरूको तर्क छ।

आर्थिक विकास, कृषि आत्मनिर्भरता प्रमुख एजेन्डा

घोषणापत्रमा तीव्र आर्थिक विकास, रोजगारी सिर्जना, कृषि उत्पादन वृद्धि र खाद्यान्नमा आत्मनिर्भरता प्रमुख लक्ष्यका रूपमा समेटिएको छ। उनेपाका अनुसार आर्थिक समृद्धिको मार्ग कृषि आधुनिकीकरण, लगानीमैत्री नीतिहरू र पारदर्शी प्रशासनिक प्रणालीमै निहित छ।

यस्तो छ उज्यालो नेपाल पार्टीको घोषणापत्र

उज्यालो नेपाल पार्टीको-घोषणापत्र

Exit mobile version