KATHMANDU DAINIK

अन्तर्राष्ट्रिय सम्मानसहित नेपाल फर्कियो यू–१९ महिला भलिबल टोली

कार्तिक २५, २०८२।   उपसना पौडेल

Nepali Women Volleyball Team, KAVA U19 Championship, Nepal Volleyball News, Nepal Sports, Volleyball Nepal 2025, U19 Women Volleyball Final

काठमाडौं – काभा (CAVA) यू–१९ महिला भलिबल च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली यू–१९ राष्ट्रिय महिला टोली सोमबार राति स्वदेश फर्किएको छ।

टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल भलिबल संघका अध्यक्ष नितेन्द्र बहादुर चन्द, अन्य पदाधिकारी र खेलप्रेमीहरूले स्वागत गरेका थिए।

नेपालले उक्त प्रतियोगिताको फाइनलमा कीर्गिस्तानसँग ५ सेटको रोमाञ्चक खेलमा पराजय व्यहोर्दै उपविजेता बनेको हो। खेलमा नेपाली खेलाडीहरूको प्रदर्शन प्रशंसनीय रहेको प्रशिक्षक र संघका पदाधिकारीहरूले बताएका छन्।

भलिबल संघका अध्यक्ष चन्दले टोलीको समर्पण र मेहनतको प्रशंसा गर्दै भने, नेपाली महिला खेलाडीहरूले अन्तर्राष्ट्रिय स्तरमा देशको गौरव बढाएका छन्। यो उपाधि जितजस्तै मूल्यवान् उपलब्धि हो।

नेपालले यसअघि समूह चरणमा बङ्गलादेश, माल्दिभ्स र श्रीलङ्का जस्ता टिमलाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो। खेलाडीहरूले भने आगामी प्रतियोगितामा अझ राम्रो प्रदर्शन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

Exit mobile version