KATHMANDU DAINIK

साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपाल र भारत खेल्दै

साफ यू १७ महिला च्याम्पियनसिप, नेपाल बनाम भारत खेल, नेपाली महिला फुटबल, नेपाल भारत फुटबल खेल, चाङ्लिमिथाङ रंगशाला, चेतनारायण श्रेष्ठ, नेपाली खेल समाचार, महिला फुटबल नेपाल, साफ महिला फुटबल २०२५, नेपाल भारत खेल तालिका

भदौ ४, २०८२।

काठमाडौं – भुटानको राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा आजदेखि सुरु हुने साफ यू–१७ महिला च्याम्पियनसिप २०२५ अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा भारतसँग प्रतिस्पर्धा गर्दैछ।

खेल नेपाली समय अनुसार दिउँसो २:४५ बजे सुरु हुने छ।
नेपाली टिमका प्रमुख प्रशिक्षक चेतनारायण श्रेष्ठ का अनुसार टोली उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रने तयारीमा छ।

अघिल्लो संस्करणमा भारतसँग हारको अनुभव छ। यो पटक त्यो गल्ती दोहोर्याउने छैनौं, प्रशिक्षक श्रेष्ठले प्रि-म्याच कन्फेरेन्समा भने, हामी उपाधिका लागि आएका हौं। टिमको तयारी सशक्त छ।

चार टिमको सहभागीता

यसपटकको च्याम्पियनसिपमा नेपाल, भारत, बंगलादेश र आयोजक भुटान गरी जम्मा चार टिम सहभागी छन्। प्रतियोगिता डबल राउन्ड रोबिन ढाँचामा खेलिनेछ, जसमा सबैभन्दा बढी अंक ल्याउने टोली विजेता घोषित हुनेछ।

नेपालको टोलीमा झरना डुम्राकोटी, लक्ष्मी ओली, गंगा गुरुङ, दिक्षा रायमाझी, सम्झना चन्द, अलिजा कुमारी बिक, ज्ञान्शु डोल्मा लो, पूर्णिमा तादी, अनु माझी, मिन माया श्रेष्ठ, अंशु बिक, डिकी स्याङ्बो तामाङ, कृतिशा तामाङ, रबिना बिक, सहारा लिम्बु, बब्टिका कार्की, भूमिका बुढाथोकी, अशिका कार्की, सिर्जना बडुवाल, अस्मिता मगर, यम कुमारी बिक र अनिता राना मगर छन्।

आजको अर्को खेलमा आयोजक भुटानले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ।

Exit mobile version