KATHMANDU DAINIK

रास्वपाका डिपिसहित तीन नेता भारत प्रस्थान

साउन ३१, २०८२।

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्याल नेतृत्वको प्रतिनिधिमण्डल भारत प्रस्थान गरेको छ। उनीहरू हैदराबादमा रहेका नेपाली समुदायसँग अन्तरक्रिया कार्यक्रममा सहभागी हुन लागेको हो।

डीपी अर्यालसँगै पार्टीका प्रमुख सचेतक सन्तोष परियार र कोषाध्यक्ष लिमा अधिकारी पनि सो भ्रमणमा सहभागी छन्।

यस भ्रमणले दुई देशबीच समन्वय सुदृढ हुन र प्रवासी नेपालीसँगको सम्बन्धलाई मजबुत बनाउने अपेक्षा गरिएको छ।

Exit mobile version