KATHMANDU DAINIK

राखेपको ६२ औं वार्षिकोत्सवमा खेलाडीसहित १८ विधामा सम्मान गरिने

राखेप पुरस्कार, राष्ट्रिय खेलकुद परिषद्, राखेप वार्षिकोत्सव, खेलाडी सम्मान नेपाल, नेपाल खेलकुद समाचार, खेल पत्रकार पुरस्कार, खेल संघ पुरस्कार, खेलाडी नगद सम्मान, राष्ट्रिय खेलकुद समाचार, खेलकुद परिषद् ६२ औं वार्षिकोत्सव

भदौ ९, २०८२।

काठमाडौं – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आफ्नो ६२ औं वार्षिकोत्सव विशेष समारोहमा खेलाडीदेखि कर्मचारीसम्म १८ विभिन्न विधामा सम्मान गर्ने भएको छ। समारोह आगामी भदौ १३ गते त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा हुने छ, जसमा परिषद्का संरक्षक तथा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि रहनेछन्।

यस अवसरमा ५ जना खेलाडीलाई विशेष सम्मान गरिने छ। सिनियर पुरुष तथा महिला खेलाडीलाई समान १–१ लाख रुपैयाँ नगद प्रदान गरिनेछ भने जुनियर र पारा खेलाडीलाई समान ५०–५० हजार रुपैयाँ सहित सम्मान गरिनेछ।

त्यस्तै खेलकुद पत्रकार पुरस्कारतर्फ १–१ जना पुरुष तथा महिलाले समान २०–२० हजार रुपैयाँ प्राप्त गर्नेछन्। परिषद् अन्तर्गतका प्राविधिक तथा प्रशासनिक कर्मचारीमध्ये ८ जनाले सम्मान पाउने छन्। उत्कृष्टलाई २५–२५ हजार, अन्यलाई १५–१५ हजार, र सेवा पुरस्कार प्राप्त गर्नेहरुलाई १०–१० हजार रुपैयाँ प्रदान गरिनेछ।

साथै उत्कृष्ट खेल संघलाई १ लाख नगद, उत्कृष्ट स्थानीय तह र उत्कृष्ट प्रायोजकलाई प्रशंसा पत्र प्रदान गरिनेछ।

राखेपको यो वार्षिकोत्सव खेलकुद विकासमा महत्वपूर्ण योगदान दिने उद्देश्यले हरेक वर्ष आयोजना हुँदै आएको छ।

Exit mobile version