KATHMANDU DAINIK

बंगलादेशी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतले सुनायो मृत्युदण्डको सजाय

मंसिर १ २०८२।   काठमाडौं दैनिक संवाददाता

शेख हसिना, बंगलादेश अदालत फैसला, मृत्युदण्ड सजाय, मानवताविरुद्ध अपराध, बंगलादेश राजनीति, शेख हसिना मृत्यु दण्ड, बंगलादेश अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण, हसिना आरोप, आन्दोलन दमन बंगलादेश, असदुज्जमां खान कमाल, अब्दुल्लाह अल ममुन, द डेली स्टार, बंगलादेश समाचार, विश्व समाचार, दक्षिण एसिया राजनीति

काठमाडौँ – बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराध गरेको ठहर गर्दै बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले सोमबार मृत्युदण्डको सजाय सुनाएको छ। फैसलाको घोषणा बंगलादेशी टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो।

गत वर्ष जुलाई–अगस्टमा सरकारले आन्दोलन दमन गर्न आदेश दिएको आरोपमा हसिनाविरुद्ध मुद्दा दायर भएको थियो। भारतमा निर्वासनमै रहेकी हसिनाको अनुपस्थितिमै अदालतले ४५३ पृष्ठ लामो फैसला सुनाएको हो।

फैसला पढ्नुअघि न्यायाधीश मोहम्मद गुलाम मुर्तजा मजूमदारले ६ भागमा विभाजन गरी आदेश सुनाइने जानकारी दिएका थिए।

बंगलादेशी मिडिया ‘द डेली स्टार’का अनुसार, हसिनासँगै पूर्वगृहमन्त्री असदुज्जमां खान कमाललाई पनि मृत्युदण्डको सजाय सुनाइएको छ। त्यस्तै पूर्वप्रहरी महानिरीक्षक चौधरी अब्दुल्लाह अल ममुनलाई ५ वर्ष कैद सजाय तोकिएको छ। अदालतले हसिना र पूर्वगृहमन्त्री कमालको सम्पत्ति जफत गर्ने आदेश पनि दिएको छ।

अभियोजनपत्र अनुसार, हसिनामाथि करिब १४ सय मानिसको हत्या गराएको आरोप छ। उही आन्दोलनका क्रममा २५ हजारभन्दा बढी घाइते भएको तथ्य पनि पेश गरिएको थियो।

फैसाला पछि बंगलादेशमा सुरक्षा सतर्कता उच्च बनाइएकाे छ। राजनीतिक दलहरू, मानवअधिकार समूह र अन्तर्राष्ट्रिय समुदायले यस विषयमा विभिन्न प्रतिक्रिया जनाइरहेका छन्।

Exit mobile version