KATHMANDU DAINIK

पहिलो अभ्यास टी–२० मा नेपाल साउथ अस्ट्रेलियासँग पराजित

नेपाल बनाम साउथ अस्ट्रेलिया, Nepal vs South Australia T20, नेपाली राष्ट्रिय क्रिकेट टोली, Nepal cricket team, अभ्यास खेल २०८२, ICC World Cup Qualifier preparation

भदौ १२, २०८२।

काठमाडौं – अस्ट्रेलिया टुर अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो अभ्यास टी–२० खेलमा साउथ अस्ट्रेलियासँग रोमाञ्चक हार बेहोरेको छ।

नेपालले दिएको १४७ रनको लक्ष्य साउथ अस्ट्रेलियाले अन्तिम बलमा पूरा गर्दै ७ विकेटको क्षतिमा जित निकालेको हो। अन्तिम बलमा टी ब्राउनले चौका प्रहार गर्दै जित पक्का गरेका थिए।

साउथ अस्ट्रेलियाका ओपनर निक विन्टरले ३६ रन तथा कप्तान म्याकेन्जी हार्भेले २७ रनको योगदान दिए। नेपालतर्फ सोमपाल कामीले ३ विकेट लिँदा नन्दन यादवले २ र कप्तान रोहित पौडेलले १ विकेट हात पारे।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १४६ रन जोडेको थियो। नेपालका लागि भीम सार्कीले ३२ रन, दीपेन्द्रसिंह ऐरीले २७ रन र आसिफ शेखले २२ रन बनाए।

साउथ अस्ट्रेलियाका क्याम्पबेल थोमसन र ह्यारी मानेन्तीले २–२ विकेट लिँदा जेस माकफेडन, डार्सी ब्राउन र टम मेन्जिसले १–१ विकेट लिए।

यसअघि नेपालले अस्ट्रेलियन क्यापिटल टेरिटोरी (ACT) विरुद्धको अभ्यास सिरिजमा दुई खेलमा जित हासिल गरेको थियो। तर, Top End T20 सिरिजमा भने नेपाल ११ टिममध्ये आठौं स्थानमा सीमित भएको थियो।

अस्ट्रेलिया भ्रमणलाई नेपालले आगामी ICC T20 World Cup Qualifier का लागि महत्वका साथ लिएको छ।

Exit mobile version