KATHMANDU DAINIK

क्रिस्टियानो रोनाल्डोले भने साउदी अरेबिया मेरो “आफ्नो घर” हो अब म यहीँ बस्छु

क्रिस्टियानो रोनाल्डोले गरे साउदी अरेबियामा बस्ने घोषणा

असार १६, २०८२ काठमाडौं दैनिक, उपसना पौडेल

सन् २०२२ मा म्यानचेस्टर युनाइटेडसँगको सम्बन्ध विच्छेद गरेपछि साउदी प्रो लिग क्लब अल नसरमा आबद्ध भएका पुर्तगाली फुटबल आइकन क्रिस्टियानो रोनाल्डोले अब साउदी अरेबियालाई आफ्नो स्थायी घर बनाउने घोषणा गरेका छन्। मैले अब बाँकी जीवन यही बिताउने निर्णय लिएको छु ।

रोनाल्डोले एक भिडियो सन्देशमा भनेका छन् यहाँको शान्ति र सुरक्षा, संस्कार, जनताको माया सबै कुराले मलाई र मेरो परिवारलाई साँचिकै घरजस्तै महसुस गराएको छ।

४० वर्षीय रोनाल्डोले अल नसरसँगको सम्झौता सन् २०२७ सम्मको लागि नवीकरण गरेका छन् । जसले उनलाई ४२ वर्षको उमेरसम्म क्लबमा खेल्न दिनेछ। यो सम्झौताले उनीलाई दैनिक $645,000 (अन्दाजी ८ करोड रुपैयाँ) भन्दा बढी पारिश्रमिक दिनेछ, जुन विश्व फुटबलकै सबैभन्दा महंगो सम्झौतामध्ये एक हो।

अल नसरमा आबद्ध भएपछि उनले ९९ गोल गरेका छन्। यद्यपि उनी अहिलेसम्म क्लबसँग कुनै ठूला घरेलु वा महादेशीय उपाधि जित्न सकेका छैनन्। मैले अझै त्यो सपना पूरा गरेको छैन त्यसैले म यहाँ दुई वर्ष थप रहने निर्णयमा पुगेको हुँ। मलाई विश्वास छ अब हामी च्याम्पियन हुनेछौं उनले भने।

विश्व फुटबलको आकर्षक प्रतियोगिता FIFA Club World Cup को लागि अमेरिकाबाट आएको प्रस्तावलाई उनले अस्वीकार गरेका छन्। अब मेरो लागि विश्राम महत्वपूर्ण छ। लामो सिजन र विश्वकपको तयारी गर्न म शारीरिक र मानसिक रूपमा पूर्ण तन्दुरुस्त रहन चाहन्छु रोनाल्डोले स्पष्ट पारे।

मेरा निर्णयहरूमा सधैं परिवारको साथ रहन्छ रोनाल्डोले भने। साउदीमा जीवन सजिलो, सुरक्षित र शान्त छ। यहाँका मानिसहरू माया र सम्मानका साथ व्यवहार गर्छन्। यही कारण हामीले साउदीलाई आफ्नो घर बनाउने सोच बनायौं।

उनको अनुसार साउदी केवल पर्यटकीय स्थल मात्र होइन संस्कार र सांस्कृतिक विविधताले भरिएको मुलुक हो।
म जेद्दा, रियाद, र रेड सीमा बस्न रमाउँछु। मेरो परिवार यही छ र म यहाँको संस्कृति र समाजमा घुलमिल भएको छु उनले बताए।

साउदी प्रो लिगलाई “विश्वका शीर्ष पाँच लिगमध्ये एक” भनेर वर्णन गर्दै रोनाल्डोले सन् २०३४ मा साउदीमा आयोजना हुने FIFA World Cup “इतिहासकै उत्कृष्ट” हुने भविष्यवाणी गरे।

राष्ट्रिय टोली तर्फ पनि रोनाल्डोको योगदान उल्लेखनीय छ। केही साताअघि मात्र उनले स्पेन विरुद्धको फाइनलमा गोल गर्दै युएफा नेशन्स लिग जित्न पुर्तगाललाई मद्दत गरे। यस जितले उनको अन्तर्राष्ट्रिय करियरलाई पुन चम्कायो।

हामी अरूलाई केही प्रमाणित गर्नु पर्दैन रोनाल्डोले भने।
म यहाँ खुशी छु मेरी परिवार यहाँ खुसी छ। साउदीलाई केवल तस्बिरमा होइन आफ्नै आँखाले हेर्नुहोस्। यहाँ आएर अनुभव गर्नुहोस्।

रोनाल्डोको आगमनपछि साउदी फुटबलको स्तरमा उल्लेखनीय सुधार आएको छ। युरोपबाट थुप्रै स्टार खेलाडी साउदीमा खेल्न आएका छन्। यसले लिगको प्रतिस्पर्धात्मकता मात्र बढाएको छैन साउदीको अन्तर्राष्ट्रिय छवि समेत उज्यालो बनाएको छ।

उनको दीर्घकालीन बसोबासको घोषणा र नयाँ सम्झौताले साउदी फुटबललाई थप विश्वव्यापी बनाउने विश्वास गरिएको समेत गरिएको छ ।

क्रिस्टियानो रोनाल्डो केवल फुटबल खेलाडीमात्रै होइनन् उनी एक प्रेरणादायक पात्र पनि हुन्। उनको निर्णयले देखाउँछ कि पैसा मात्र होइन संवेदना, संस्कृति र समाजप्रतिको अपनत्व पनि जीवनको महत्वपूर्ण पक्ष हुन्।

अब उनको ध्यान उपाधि जित्ने, १००० गोलको लक्ष्य हासिल गर्ने र साउदी फुटबललाई नयाँ उचाइमा पुर्‍याउनेतर्फ केन्द्रित भएको छ। विश्व फुटबलमा सायद यो नै पहिलोपटक हो जहाँ एक सुपरस्टारले एउटा देशलाई घरको रुपमा यति स्पष्ट र आत्मीय भावनाले अँगालेका छन्।

© काठमाडौं दैनिक: news@kathmandudainik.com | स्रोत: Gulf News

Exit mobile version