KATHMANDU DAINIK

इजरायलमा नेपाली समुदायबाट विपिन जोशीको परिवारलाई १० लाख सहयोग

विपिन जोशी, नेपाली बन्धक, इजरायल गाजा युद्ध, होस्टेज स्क्वायर, पद्मा जोशी, पुष्पा जोशी, हमास आक्रमण, नेपाली विद्यार्थी इजरायल, गाजा युद्ध
इजरायलका राष्ट्रपति इसाक हेर्जोग र उनकी पत्नी मिचेलसँग विपिन जोशीका आमा पद्मा र बहिनी पुष्पा । उनीहरूलाई इजरायल सरकारले गत साता झिकाएको हो ।

भदौ १०, २०८२।

तेलअविव – इजरायलमा रहेका नेपाली समुदायले हमासको बन्धक बनेका विपिन जोशीको परिवारलाई करिब १० लाख रुपैयाँभन्दा बढी सहयोग गरेका छन्।

गैरआवासीय नेपाली संघ (एनआरएनए) इजरायल र जनजाति महासंघ इजरायल लगायत विभिन्न संघ संस्थाहरुको पहलमा संकलन भएको रकम विपिनको आमा र बहिनीलाई हस्तान्तरण गरिएको हो।

एनआरएनए इजरायलले कोषमार्फत ५ हजार सेकल सहयोग।

विभिन्न जातीय संस्थाको पहलमा झण्डै १२ हजार सेकल थप संकलन।

हालसम्म १० लाख रुपैयाँभन्दा बढी रकम विपिन परिवारलाई उपलब्ध।

बसाइ, यात्रा खर्च, बहिनी पुष्पाको पढाइ र घरखर्चमा सहयोग प्रयोग हुने।

नेपाली समुदायले यो सहयोगलाई आर्थिक मात्र नभई नैतिक समर्थन भएको बताएका छन्।

विगत २२ महिनाअघि अध्ययन र उज्ज्वल भविष्यको सपना लिएर इजरायल पुगेका विपिनलाई केही दिनमै हमासले अपहरण गरेको थियो। अहिलेसम्म उनको अवस्थाबारे ठोस जानकारी सार्वजनिक भएको छैन।

हालै विपिनको आमा र बहिनी पुष्पा इजरायल पुगेका थिए र बन्धकको विषयमा आवाज उठाएका थिए। यसै क्रममा नेपाली समुदायले बसाइदेखि पढाइ र घरखर्चसम्म सहयोग गर्ने उद्देश्यले रकम संकलन गरेका हुन्।

इजरायलमा आयोजित एक विशेष कार्यक्रममा विपिन जोशीकी बहिनी पुष्पा दाईको रिहाईको लागि सम्बोधन गर्ने क्रममा भावुक भएकी क्षण।

विपिनकी बहिनी पुष्पा भन्छिन्हा, हाम्रो परिवारलाई यो कठिन समयमा ठूलो हौसला मिलेको छ। विपिन दाइको रिहाइका लागि हाम्रो अभियान निरन्तर रहनेछ।

इजरायलमा रहेका नेपाली समुदायले भने, यो केवल आर्थिक सहयोग नभई परिवारलाई नैतिक समर्थन पनि हो। अन्तर्राष्ट्रिय दबाब बढाउन हामी निरन्तर लाग्नेछौं।

इजरायलमा रहेका नेपालीहरूको यो सहयोगले विपिन जोशीको परिवारलाई मात्र राहत दिएको छैन, बरु नेपाल र विदेशमा रहेका नेपालीबीचको एकताको उदाहरण पनि बनेको छ। बन्धक बनेका विपिनलाई सुरक्षित घर फर्काउन अन्तर्राष्ट्रिय दबाब निरन्तर बढाउनुपर्ने आवाज समुदायबाट उठिरहेको छ।

Exit mobile version