KATHMANDU DAINIK

कुवेतमा नेपाली युवाको आत्महत्या: प्रवासी श्रमिक सुरक्षित नभएको भन्दै आक्रोश

कुवेतस्थित माभुल्लाको आकासे पुलबाट हाम फालेर एक नेपाली युवाले आत्महत्या गरेको तस्बिर ।

भदौ ९, २०८२।

काठमाडौं – कुवेतस्थित माभुल्लाको आकासे पुलबाट एक नेपाली युवाले आत्महत्या गरेका छन्। उक्त घटना बिहान घटेको हो। प्रवासी नेपाली एकता मञ्च राष्ट्रिय कमिटी कुवेतका अध्यक्ष युबराज गैरेका अनुसार मृतकले आर्थिक, मानसिक तथा सामाजिक दबाबका कारण यस्तो कदम चाल्न बाध्य भएको हुनसक्ने आशंका गरिएको छ।

यो दुःखद घटनाले फेरि पनि नेपाली श्रमिकहरूको अवस्था र सुरक्षा सम्बन्धी गम्भीर प्रश्न उठाएको छ। प्रत्येक दिन हजारौं  नेपाली युवाहरू रोजगारीको खोजीमा विदेशिन बाध्य छन्, तर उनीहरूको जीवन सुरक्षित छैन। विगत केही वर्षयता खाडी मुलुकमा दर्जनौँ नेपाली श्रमिकले आत्महत्या वा दुर्घटनामा ज्यान गुमाउँदै आएका छन्।

प्रवासी नेपाली एकता मञ्च राष्ट्रिय कमिटी कुवेतका अध्यक्ष युबराज गैरेको फेसबुकबाट ।

गैरेले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै यस्तो घटनाको प्रमुख जिम्मेवारी नेपाल सरकारको रहेको बताए। उनले प्रधानमन्त्री र श्रम मन्त्रालयलाई विदेशमा रोजगार सुरक्षित बनाउन असफल भएको आरोप लगाए। उनले भने, नेपालभित्रै रोजगारी सिर्जना नगरेको कारण लाखौँ युवाहरू रोजगारीका लागि विदेशिन बाध्य छन्, जसले गर्दा यस्ता दुःखद घटना दोहोरिइरहेका छन्।

कुवेतस्थित माभुल्लामा एक नेपाली युवाले आत्महत्या गरेका छन्।

प्रवासी नेपाली संगठनहरूले यसमा सरकारको जिम्मेवारी खोजेका छन्।

विदेशी रोजगार सुरक्षित नभएको र नेपालमा रोजगारीको अभाव रहेको भन्दै आलोचना।

नेपाली श्रमिकको जीवन र अधिकार सुनिश्चित गर्न तत्काल कदम चाल्न माग।

प्रवासी नेपाली एकता मञ्च कुवेतले दिवंगत आत्माको शान्तिको कामना गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन्।

Exit mobile version